शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

स्वास्थ्य राज्यमन्त्री रावत शहीद गङ्गालाल हृदय केन्द्रमा भर्ना

सोमबार, २९ असार २०७७, १३ : १२
सोमबार, २९ असार २०७७

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री नवराज रावत अस्वस्थ भएपछि बाँसबारीस्थित शहीद गङ्गालाल हृदय केन्द्रमा उपचार गराइरहेका छन् । उनको मुटुमा समस्या आएपछि आइतबार मुटुको एन्जीओप्लास्टी (शल्यक्रिया) गरिएको उनको निजी सचिवालय सदस्य भीमराज सिंहले जानकारी दिए । 

उनका अनुसार राज्यमन्त्री रावतको स्वास्थ्यावस्था सुधारोन्मुख छ । केन्द्रका निर्देशक डा.चन्द्रमणि अधिकारी नेतृत्वको टोलीले राज्यमन्त्री रावतको शल्यक्रिया गरेको थियो । उपचारपछि आजै राज्यमन्त्री रावतलाई घर पठाइने बताइएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप