युएई सरकारको भिषासम्बन्धी नयाँ नियम
युएईमा भिसा सम्बन्धी नयाँ नियम लागू भएको छ । जुलाई १२ तारिख देखि नयाँ नियम लागू भएको हो।
युएई सरकारले कोभिड-१९ को कारण यसअघि ३१ डिसेम्बर,२०२० सम्मको लागि सबै किसिमका भिसाको (रेसिडेन्स, भिजिट, टुरिस्ट) भिसाअवधि बढाउने भनिएको नियमलाई खारेज गरेको छ ।
युएई सरकारले गत मार्च १ बाट जुनसुकै भिसा समय अवाधि समाप्त भएका विदेशीहरुको हकमा ३१ डिसेम्बर २०२० सम्म अटोमेटिक भिसा रिन्यु हुने निर्णय परिवर्तन गरेको थियो ।
परिवर्तित नयाँ नियम अनुसार भिसा समय अवधि सकिएको मितिले तीन महिनाभित्र भिसा रिन्यु वा युएई छाड्नु पर्नेछ।
तर जुलाई ११ पछिबाट भिसा समय अवधि समाप्त भएकाहरुले पुरानै नियम अनुसार २८ दिनभित्र नयाँ भिसा लगाउनु पर्ने अथवा युएई छाड्नु पर्ने जनाइएको छ।
भिसा सकिएर नेपालमा हुनेहरुको हकमा ६ महिना भित्र युएई आउन सक्नेछन्। तर ६ महिना पार भएकाहरुको हकमा भने दुई देश बीचको हवाई यातायात सुचारु भएको एक महिना अवधीलाई ग्रेस पिरिअड दिएको छ।कमर्सियल फ्लाईट खुलेको १ महिना भित्रमा यूएई आएर नयाँ भिसा लगाईसक्नु पर्नेछ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मुगुमा पहिरो : गगन थापाले गराए सम्बन्धित निकायकाे ध्यानाकर्षण
-
मधेस प्रदेश सरकारको जनलोकपाल आयोगद्वारा १५ मुद्दा फैसला
-
समस्याग्रस्त सहकारीका ४८ बचतकर्ताले पाए १२ लाख बचत फिर्ता
-
मोरङ बालिका मृत्यु प्रकरण : निष्पक्ष अनुसन्धान र कारबाही गर्न मन्त्री बादीको निर्देशन
-
वैदेशिक रोजगारीको लोभ देखाएर २१ लाख ठगी
-
‘मुम्बईका ब्याङ्क्सी’ टायलर : जसको सडक कला निट आन्दोलनको प्रतीक बन्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण