सलहको झुण्ड प्युठान पुग्यो
बुटवल । भारतबाट दाङ हुँदै प्रवेश गरेकोे सलहको नयाँ झुण्ड सोमबार प्युठान जिल्लाका विभिन्न स्थानमा पुगेको छ ।
हिजो दिउँसो दाङको राप्ती गाउँपालिका र गढवा गाउँपालिकामा भारतबाट नयाँ सहलको झुण्ड प्रवेश गरेको थियो । त्यो झुण्ड अहिले प्यूठानका विभिन्न ठाउँहरुमा पुगेको प्रदेश कृषि निर्देशानलयले जनाएको छ ।
निर्देशनालयकी वरिष्ठ बाली संरक्षण अधिकृत कामना अधिकारीले रातोपाटीसँग भनिन्, ‘हिजो प्रवेश गरेको सलह आज बिहानै प्युठानका अधिकांश ठाउँहरुका पुगेको छ । त्यो फरक फरक झुण्ड बनाउँदै हिँडेको छ, कति समय बस्ने एकिन गर्न सकिँदैन ।’
प्युठान पुगेको सलह रोल्पा अर्घाखाँचीतिर जाने सम्भवान रहेको छ । अहिले आएको सहलले किसान लगाएको मकैबालीमा क्षति पुर्याएको छ । प्युठानका किसानहरुले सहल धपाउन भाडा ठटाउने, धुँवा लगाउने काम गरिरहेका छन् ।
आज प्युठान क्षेत्रका घाम लागेकोले सहल अन्यत्र जान पनि सक्ने अधिकृत अधिकारीको भनाइ छ । यसअघि आएको सलहले कपिलवस्तु, पाल्पा, गुल्मी, अर्घाखाँचीमा प्रवेश गर्दै क्षति पुर्याएको थियो ।
हिजो प्रवेश गरेको सलहले कति क्षति गर्यो भन्ने विवरण स्थानीय तह मार्फत प्रदेशको कृषि मन्त्रालयले संकलन गरिहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आज काठमाडौँका यी स्थानमा विद्युत् सेवा दिनभरजसो अवरुद्ध हुने
-
मासिँदै सडकपेटी, हराउँदै पैदलमार्ग (फोटोफिचर)
-
एसीसी प्रिमियर कप : तेस्रो स्थानका लागि नेपाल र हङकङ भिड्दै
-
पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण
-
दूधमा पनि बर्डफ्लुको भाइरस फेला
-
तौल घटाउन गर्मीमा खानुहोस् कम चिनी भएका यी ७ फलफूल