शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

कोरोनाले नेपाली अर्थतन्त्रमा १ खर्ब ६८ अर्बको क्षति, आर्थिक वृद्धि अनुमान गरेभन्दा न्युन हुने आंकलन

सोमबार, २९ असार २०७७, १२ : १६
सोमबार, २९ असार २०७७

काठमाडौं । नेपाल राष्ट्र बैंकले कोभिड–१९ (कोरोनाभाइरस) ले नेपाली अर्थतन्त्रमा १ खर्ब ६८ अर्बको क्षति भएको प्रारम्भिक अनुमान गरेको छ । 

कोरोनाको सबैभन्दा बढी प्रभाव होटल, रेष्टुरेन्ट, यातायात, व्यापार क्षेत्रमा परेको छ । 

 नेपाल राष्ट्र बैंकले प्रतिधिसभा अन्तर्गतको अर्थ समितिमा प्रस्तुत गरेको देशको समष्टिगत परिदृष्यमा नेपाली अर्थतन्त्रमा भएको नोक्सानका विषयमा उल्लेख गरिएको छ । 

समितिको सोमबारको बैठकमा राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले सरकारले यसअघि आंकलन गरेको २.२७ प्रतिशतको आर्थिक बृद्धि त्यो भन्दा पनि तल झर्न सक्ने बताए । 

कोरोनाभाइरसको कारण विश्व अर्थतन्त्रनै प्रभावित छ । विश्व अर्थतन्त्र ४.९ प्रतिशतले संकुचन आउने अन्तर्राष्ट्रिय मुद्रा कोषले प्रक्षेपण गरेको थियो भने आइएमएफकै पछिल्लो प्रक्षेपणले नेपालको आर्थिक वृद्धिदर १ प्रतिशत रहने अनुमान गरेको छ ।

नेपालमा कोरोनाका कारण चैत ११ देखि गरिएको लकडाउनका कारण सम्पूर्ण आर्थिक क्षेत्र प्रभावित बनेको छ । असार १ गतेदेखि भने देश आंशिक लकडाउनमा रहेको छ । 

यता लकडाउनमा कर्जा भन्दा निक्षेप ज्यादा संकलन हुँदा बैंकमा अधिक तरलता रहेको राष्ट्र बैंकले जनाएको छ । चैतदेखि जेठ सम्मको तीन महिनाको अवधिमा १ खर्ब ७२ अर्ब रुपैयाँ निक्षेप संकलन भएको छ भने कर्जा प्रवाह १६ अर्ब रुपैयाँ भएको छ । 

 अहिले बैकिङ सिस्टममा १ खर्ब ६६ अर्ब २ करोड  रुपैयाँ अधिक तरलता छ । यो असार २६ गतेसम्मको स्थिति हो । बाणिज्य बैंकको अन्तर कारोबारदर ०.५ प्रतिशत रहेको छ । तर कोरोनाकै व्यापारमा आएको संकुचनले ब्यापार घाटा न्युन भएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप