बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

बलिउड अभिनेता अनुपम खेरको परिवारलाई कोरोना संक्रमण

सोमबार, २९ असार २०७७, १० : २३
सोमबार, २९ असार २०७७

एजेन्सी – बलिउड अभिनेता अनुपम खेरको परिवारलाई पनि कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । उनकी आमा र परिवारका अन्य सदस्यलाई पनि संक्रमण भएको हो ।  

अनुपमले ट्विट गर्दै आमा, भाइ, बाइ बुहारी र भतिजीलाई कोरोना संक्रमण भएको जानकारी गराएका हुन् ।  अनुपमले आमा दुलारी, भाइ राजु, बुहारी रिमा र भतिजी वृन्दाको कोभिड–१९ परीक्षणको रिपोर्ट पोजिटिभ देखिएको बताए । 

अनुपमले ट्वीटरमा लेखेका छन्, ‘मेरी आमा दुलारीलाई कोरोना संक्रमण भएको छ, मेरो भाइ, भाउजू र भतिजीलाई पनि उच्च सावधानमा रहँदा पनि उनीहरुमा हल्का लक्षण देखिएको छ ।ु

भारतमा पछिल्लो समय कोरोना भाइरसको संक्रमण तीव्र रुपमा फैलिइरहेको छ । भने भारतको सबैभन्दा ठूलो मनोरञ्जन उद्योग बलिउडका हस्तीहरुमा पनि कोरोना भाइरसको संक्रमण देखिएको छ । यसैबीच, बलिउड महानायक अमिताभ बच्चनसहित अभिनेत्री ऐश्वर्या राय, उनकी छोरी र अभिनेता अभिषेक बच्चन पनि संक्रमित भइसकेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप