शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

अमेरिकाको सैन्य जहाजमा विस्फोटपछि आगलागी, तस्विरहरु हेर्नुहोस्

सोमबार, २९ असार २०७७, ०७ : ५४
सोमबार, २९ असार २०७७

सान डिएगोस्थित अमेरिकाकी जलसेनाको बेसमा रहेको सैन्य जहाजमा भएको विस्फोट र आगलागीमा २१ जना घाइते भएका छन्  । अमेरिकी जल सेनाका अधिकारीहरुका अनुसार घाइते हुनेमा १७ जना जहाजका कर्मचारी तथा ४ जना सर्वसाधारण रहेका छन् । उनीहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।

लेफ्टिनेन्ट कमान्डर प्याट्रिसिया क्रुजबर्गरका अनुसार ‘युएसएस बोनहोम रिचार्ड’ का घाइते नौसेनाहरुको अवस्था सामान्य रहेको छ । अमेरिकी समयअनुसार आइतबार बिहान भएको आगलागीलाई नियन्त्रण गर्नका लागि विभिन्न अग्निनियन्त्रकहरु घटनास्थलमा पुगेका थिए ।

के कारणले आगलागी भयो भनेर अझै खुल्न नसकेको सीएनएनले जनाएको छ । तर, सुरुवाती जानकारी अनुसार जहाजको वेल डेकबाट यो आगलागी सुरु भएको हुनसक्ने अनुमान गरिएको छ । नौसेनाहरुले जहाज छाड्दै गर्दा विमानमा विस्फोट भएको सान डिएगोका अग्निनियन्त्रक प्रमुख कोलिन स्टोवेलले भने ।

आगलागी पछि नजिक रहेका दुईवटा जहाजलाई पर सारिएको सेनाले जनाएको छ  । सेनाका अनुसार युएसएस बोनहोम रिचार्ड एउटा युद्धक जहाज हो । घटना हुँदा जहाजमा १६० जना रहेका थिए ।

तस्विरहरुः रोयटर्स

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप