शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

महामारी रोक्नका लागि दक्षिण अफ्रिकाले लगायो रक्सीमाथि प्रतिबन्ध

सोमबार, २९ असार २०७७, ०७ : २९
सोमबार, २९ असार २०७७

कोरोनाभाइरसको संक्रमण रोक्नका लागि दक्षिण अफ्रिकाले नयाँ प्रतिबन्धको घोषणा गरेको छ जसमा रक्सीको बिक्रीमा रोक लगाइएको छ ।

साथै सरकारले सोमबारदेखि रातीको समयमा करफ्यू लगाउने र घरबाट बाहिर निस्कँदा मास्क लगाउन अनिवार्य गरेको छ ।

दक्षिण अफ्रिकाका राष्ट्रपति सिरिल रामफोसाले एक वर्षमा दोस्रो पटक लगाइएको प्रतिबन्धले देशको स्वास्थ्य व्यवस्थामा पर्ने दबाब कम हुने बताएका छन् ।

यहाँ कोरोना संक्रमितको कूल संख्या २ लाख ७६ हजारभन्दा बढी भइसकेको छ र यहाँ कोरोनाका कारण अहिलेसम्म चार हजार बढीको ज्यान गइसकेको छ ।

सरकारको एक आँकलन अनुसार वर्षको अन्त्यसम्म यहाँ कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ५० हजारभन्दा बढी हुनसक्छ ।

स्रोतः बीबीसी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप