केन्द्रीय संस्करण

चमेलिया नदीमा बगेका बालक भारतमा मृत फेला

person explore access_timeअसार २९, २०७७ chat_bubble_outline0

चमेलिया नदीमा बगेर आइतबार बेपत्ता भएका एक बालक भारतको झुलाघाटमा मृतावस्थामा फेला परेका छन् । बैतडीको  डिलाशैनी गाउँपालिका–६ चौसेराका नौ वर्षीय रुपेश नाथ मृतावस्थामा फेला परेको प्रहरी नायब उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिए ।  

डिलाशैनी–६ डडियास्थित चमेलिया नदीमा आइतबार दिउँसो २ बजे बगेका ती बालक बेलुका ७ बजे  महाकाली नदीपारि भारतको झुलाघाटमा मृतावस्थामा फेला परेका हुन् । बाख्रा चराउन चमेलिया किनार गएका रुपेश नदीमा बगेर आएको बोतल समात्न खोज्दा बगेको गोकुलेश्वर प्रहरी चौकीका प्रहरी नायब निरीक्षक मनोजसिंह साउदले जानकारी दिए । 

बालकको शव परीक्षण भारतमै गरिने र आज झुलाघाट नाका खोलेर नेपाल ल्याइने प्रहरी नायव उपरीक्षक अधिकारीको भनाइ छ । “भारतीय स्थानीय प्रशासन र प्रहरीसँग समन्वय भएको छ”, उनले भने, “बालकका दुई जना आफन्तलाई पारि पठाउन भनेको र सोमबार शव ल्याउन नाका खोल्ने सहमति भएको छ ।”

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.