भारत सरकारलाई ध्यानाकर्षण पत्र
काठमाडौं – भारतीय केही सञ्चार माध्यममा नेपाल र नेपाली शीर्ष नेतृत्वविरुद्ध आपत्तिजनक, आधारहीन र असंवेदनशील सामग्री प्रसारण र प्रकाशन भएकोमा नेपालले भारतको गम्भीर ध्यानाकर्षण गराएको छ ।
परराष्ट्र मन्त्रालयले नयाँ दिल्लीस्थित नेपाली दूतावासमार्फत भारतीय विदेश मन्त्रालयलाई ध्यानाकर्षण पत्र लेख्दै आगामी दिनमा नेपाल र नेपाली विरुद्धका यस्ता अश्लील र आधारहीन सामग्रीले भारतीय सञ्चार माध्यममा ठाउँ नपाउने सुनिश्चितता गर्न आग्रह गरेको छ । ‘केही भारतीय सञ्चार माध्यममा नेपाल र नेपाली राजनीतिक नेतृत्वविरुद्ध अपमानजनक र अनैतिक सामग्री प्रसारण र प्रकाशन भएकोमा नेपाल सरकारको गम्भीर ध्यानाकर्षण भएको छ’ पत्रमा भनिएको छ, ‘नक्कली, आधारहीन, न्यूनतम शिष्टतासमेत प्रदर्शन नगरिएका यस्ता गलत अभियानले नेपाली जनता र नेपाली राजनीतिक नेतृत्वको व्यक्तित्वमा चोट पुगेको छ ।’
नेपाल–भारत द्विपक्षीय सम्बन्धको लामो इतिहास छ, जसमध्ये सामाजिक सांस्कृतिक सम्बन्ध, जनता–जनताबीचको सम्बन्ध र एकअर्काको भावनाप्रति संवेदनशीलता यस सम्बन्धको महìवपूर्ण अंश हुन् भनेर पत्रमा प्रस्ट्याइएको छ । यी गहिरो र बहुआयामिक सम्बन्ध सार्वभौम समानता, मित्रता, समझदारी, एकअर्काको रुचि र सरोकारको परस्पर सम्मानको अन्तर्निहित सिद्धान्तहरूमा आधारित रहेको पत्रमा उल्लेख गरिएको छ । दुई देशको सम्बन्धलाई विस्तार गर्ने सवालमा अवश्य पनि सही सूचना र सही दृष्टिकोण निर्माण गर्दै रचनात्मक भूमिका सञ्चार माध्यमले निर्वाह गर्नुपर्नेमा जोड दिइएको छ । यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हराएका दुई सय ७३ सवारीसाधन हस्तान्तरण
-
६१ वर्ष कैद सजाय तोकिएका फरार व्यक्ति पक्राउ
-
रिहा भएपछि रवि लामिछानेले भने– न्यायालयप्रति सम्मान गर्छु, समय आएपछि बोल्छु
-
१० बजे १० समाचार : रवि रिहादेखि रास्वपा उत्साहितसम्म
-
काउन्सिलविरुद्धको रिटमा अन्तिम सुनुवाइ हुने
-
काठमाडौँमा एक दिवसीय ‘चाइना फिल्म डे’ सम्पन्न