मङ्गलबार, ०६ चैत २०८०
ताजा लोकप्रिय

२१ उडानमार्फत मलेसियासहित यी देशबाट ३३२२ नेपाली स्वदेश फर्किए

आइतबार, २८ असार २०७७, २१ : ४४
आइतबार, २८ असार २०७७

कोभिड–१९ को कारणले विदेशमा अलपत्र परेका नेपाली नागरिकहरुलाई नेपाल फर्कन सहजीकरण गर्न मलेसियास्थित नेपाली दूतावासको समन्वयमा सञ्चालन भएका पहिलो चरणका उडानहरु सम्पन्न भएका छन्।
 जसअनुसार क्वालालम्पूरबाट नेपाल एयरलाईन्स, हिमालय एयरलाईन्स र फिलिपिन्सबाट मालिन्दो एयरले  समेत गरी २१ वटा उडानमार्फत ३३२२ जना नागरिकहरु नेपाल फर्किएको दूतावासले जनाएको छ । 

मलेसिया बाहेक ईण्डोनेसियाबाट २० जना, फिलिपिन्सबाट १०९ जना तथा हङकङ, भियतनाम, सिंगापूर, ताइवान र स्पेनमा रहेका नेपालीहरु समेत नेपाल फर्किएक छन् । 
फिलिपिन्समा अलपत्र परेका १०८ जना नेपाली हिमालय एयरलाईन्समार्फत आइतबार फर्किएका छन् । 

क्वालालम्पूरबाट भएका उडानहरुबाट मलेसियाको विभिन्न जेल तथा डिटेन्सन केन्द्रहरुमा रहेका ६९ जना नेपाली नागरिकहरु समेत नेपाल फर्किएको दूतावासले जनाएको छ ।  यसैगरी यी उडानहरुबाट ३९ वटा शवहरु समेत नेपाल पठाइएको दूतावासले जनाएको छ। 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप