शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

निगमका १६ गन्तव्यमा चार्टर्ड उडान, १० हजारको उद्धार

आइतबार, २८ असार २०७७, २१ : २४
आइतबार, २८ असार २०७७

नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले बन्दाबन्दीको अवधिमा १६ गन्तव्यमा चार्टर्ड उडान गरेको छ । निगमले विभिन्न मुलुकमा अलपत्र परेका नेपालीको उद्धारका लागि जुन १४ देखि जुलाई १२ सम्म विभिन्न गन्तव्यमा ५८ उडान गरेको हो ।
    
यो अवधिमा निगमले दुबई, दोहा, क्वाललम्पुर, सिड्नी, ब्रिसबेन, नारिता, बैंकक, हङ्कङ, बहराइन, कुबेत, रियाद, जेद्दा, माले, ढाकालगायतका गन्तव्यमा उडान गरेको विज्ञप्तिमार्फत जनाएको छ । कूल ५८ उद्धार उडानमार्फत हालसम्म १० हजार ९१२ यात्रुको उद्धार गरी स्वदेश फिर्ता गरेको निगमले जनाएको छ ।
    
कोभिड–१९ सिर्जित विश्वव्यापी सङ्कटसित जुध्न चीनको ग्वाङझाओ, चाङ्सा, कुनमिङ र बेइजिङबाट कार्गो चार्टर्ड उडानमार्फत स्वास्थ्य सामग्री ढुवानी गरेको निगमले जनाएको छ । आगामी दिनमा पनि निगमले आफ्नो सामाजिक जिम्मेवारी पूरा गर्दै थप चुस्तताका साथ नियमित व्यावसायिक उडान सञ्चालन गर्ने प्रतिबद्धता जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप