शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

विभिन्न मुलुकबाट ९७९ नेपाली स्वदेश फर्किए

आइतबार, २८ असार २०७७, २१ : ११
आइतबार, २८ असार २०७७

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज आठ अन्तरराष्ट्रिय चार्टर्ड उडान भएका छन् ।

 यी उडानमार्फत ९७९ नेपाली स्वदेश फर्किएका विमानस्थल कार्यालयले जनाएको छ ।नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले जापानको नारिताबाट २६२ र दुई बच्चा, बहराइनबाट १४४ यात्रु ल्याएको छ । त्यस्तै हिमालय एयरलाइन्सले दमामबाट १५४, क्वालालम्पुरबाट १५६ र मनिलाबाट १०८ यात्रु काठमाडौँ ल्याएको छ ।

आज आन्तरिकतर्फ मनाङ र सिम्रिक एयरको हेलिकप्टरले समान एक चार्टर्ड उडान गरेका छन् । आगामी तीन दिनसम्म अन्तरराष्ट्रिय उडान नहुने विमानस्थलले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप