बाढीले ३३ घरपरिवार विस्थापित
आइतबार, २८ असार २०७७, २१ : ०२
अविरल वर्षाका कारण विराटनगर महानगरपालिका–१२ बखरीको सिमराही बस्तीमा केसलिया खोलाको पानी पस्दा ३० घरपरिवार आज विस्थापित भएका छन् ।
वडाध्यक्ष हीरालाल कामतले गएराति आएको अविरल वर्षाका कारण बाढी बस्तीमा पसेपछि डुबान हुँदा विस्थापित भएका ३० घर परिवारका करिब १५० जनालाई उद्धार गरी विद्यालयमा सुरक्षित बसोबासको व्यवस्था गरेका छन् । विस्थापित परिवारलाई महानगर तथा वडा कार्यालयले आवश्यक खाद्यान्न वितरण गरेको छ ।
यसैगरी वडा नं ६ ब्रह्पुरामा केसलिया खोला बस्तीमा पस्दा तीन घर डुबानमा परेका वडा प्रहरी कार्यालय विराटनगर ‘क’ का प्रहरी नायब उपरीक्षक बेदप्रसाद गौतमले जानकारी दिए ।
बाढीका कारण डुबानमा परेका घरपरिवार एवं स्थानीयलाई सुरक्षित स्थानमा राखिएको छ । खोला क्षेत्रमा बसोबास गर्नेलाई सर्तकता रहन प्रहरीले आग्रह गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतले रोक्यो नेपाली चियाको निर्यात
-
संक्रमणकालीन न्यायमा राजनीतिक सहमति जुटिसक्यो : मन्त्री गिरी
-
अवैध औषधि बेच्ने दुई मेडिकल बन्द
-
सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले लिए अनुमति
-
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा ‘एमडी’ तहको पठनपाठन
-
दूधमा बर्ड फ्लुको ‘एचफाइभ एनवान’ सङ्क्रमण भेटियो : डब्लुएचओ