शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

कुमारी बैंक र देवः विकास बैंकको एकीकृत कारोबार सुरु

आइतबार, २८ असार २०७७, २० : ५६
आइतबार, २८ असार २०७७

काठमाडौं । कुमारी बैंक लिमिटेडले साविकको देवः विकास बैंक लिमिटेडलाई प्राप्ती गरी आज असार २८ गतेदेखि आधिकारिक रुपमा एकीकृत कारोबार शुभारम्भ गरेको छ । 

कुमारी बैंक लिमिटेडको टंगालस्थित प्रधान कार्यालयमा आयोजित एक कार्यक्रममा कुमारी बैंक लिमिटेडका अध्यक्ष अमिर प्रताप जब राणा तथा साविकको देवः विकास बैंकका अध्यक्ष उपरथी बज्र गुरुङ (अ प्रा)ले संयुक्त रुपमा उद्घाटन गर्दै एकीकृत कारोबारको शुभारम्भ गरेका हुन् ।

एकीकृत कारोबारको शुभारम्भ पश्चात् कुमारी बैंकको कूल शाखा एवं एक्सटेन्सन काउण्टर संजाल २१६, एटीएम संख्या १३८ पुगको छ । त्यसैगरी, निक्षेप रु. १२.४ अर्ब, कूल कर्जा प्रवाह रु. ११.२ अर्ब तथा सेयर पूँजी रु. १२.५२ अर्ब पुगेको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप