मौद्रिक नीतिमा व्याजदरका विषय सम्बोधन हुनुपर्ने निजी क्षेत्रको माग

निजी क्षेत्रका उद्योगीले अब आउने मौद्रिक नीतिमा व्याजदरका विषय सम्बोधन हुनुपर्ने माग गरेका छन् ।
आज आयोजित साक्षात्कारमा नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले यो वर्षको मौद्रिक नीति बजेट जत्तिकै महत्वपूर्ण भएको बताउँदै सबै क्षेत्रलाई राहत मिल्ने गरी ल्याउनुपर्ने बताए ।
अबको तरलताको व्यवस्थापनका लागि मुख्य आशा नै मौद्रिक नीति भएको बताउँदै उनले मौद्रिक नीतिमा मुख्यतः पुनःकर्जा, व्याजदर र पुनःसंरचनालाई जोड दिए । नेपाल बैंकर्स एशोसिएनका पूर्वअध्यक्ष तथा नेपाल बङ्गलादेश बैंकका सिइओ ज्ञानेन्द्र ढुङ्गानाले यो वर्षको बजेटमा आम जनताले अधिकतम राहतको आशा राखेको भए पनि अपेक्षा पूरा नभएको भन्दै गुनसो गरे।
नेपाल राष्ट्र बैंकका प्रवक्ता तथा कार्यकारी निर्देशक डा गुणाकर भट्टले कोभिड–१९ का कारण प्रभावित निजी क्षेत्रको समस्या समाधान गर्ने प्रतिबद्धता व्यक्त गरे ।
पुनःकर्जा व्यवस्थापन र रोजगारी सिर्जनामा ध्यान दिएर मौद्रिक नीति ल्याउने तयारी भइरहेको उनको भनाइ छ ।
नेपाल चेम्बर अफ कमर्सका वरिष्ठ उपाध्यक्ष राजेन्द्र मल्लले अहिले राष्ट्र विषम परिस्थितिबाट गुज्रिरहेकाले राष्ट्र बैंकले ल्याउने मौद्रिक नीति विगतभन्दा फरक हुनुपर्ने बताए । नेपालको अर्थतन्त्र उत्पादनमुखी र निर्यातमुखी बन्नुपर्ने उनको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नारायणको बार आज कसलाई कति फलदायी ? हेरौं राशिफल
-
आज कति छ अमेरिकी डलर, युरो, पाउण्ड, अष्ट्रेलियन, क्यानेडियन र हङकङ डलरको मूल्य ?
-
आज देशभर अक्षय तृतीया पर्व मनाइँदै
-
च्याम्पियन्स लिग सेमीफाइनल पहिलो लेगमा पीएसजी विजयी, आर्सन पर्यो दबाबमा
-
पर्यटन विकास व्यवसायी सङ्घको अध्यक्षमा सिग्देल निर्विरोध निर्वाचित
-
शिक्षक आन्दोलन : मंगलबार रातिको वार्तामा अर्थमन्त्री र गृहमन्त्री पनि सहभागी