पोल्याण्डमा राष्ट्रपति चयनका लागि मतदान

एजेन्सी । युरोपेली मुलुक पोल्याण्डमा नयाँ राष्ट्रपति चयनका लागि आइतबार मतदान भएको छ । नयाँ राष्ट्रपतिका लागि वर्तमान् राष्ट्रपति अन्दर्जेज डुडा र युरोपेली संसदका पूर्व सदस्य राफल ट्रजास्कोवस्कीले प्रतिस्पर्धा गरेका छन् ।
डुडालाई सत्तारुढ दल र सरकारले समर्थन गरेको छ । उनीहरुले डुडालाई नै थप पाँच वर्षका लागि राष्ट्रपति बनाउन चाहेका छन् । उनी फेरि निर्वाचित भए भने उनको त्यो दोस्रो कार्यकाल हुनेछ । अर्का प्रतिस्पर्धी राफललाई भने प्रमुख प्रतिपक्षी दल सिभिक प्लेटफर्म पार्टीले समर्थन जनाएको छ । जुन पार्टी यसअघि सन् २००७ देखि २०१५ सम्म शक्तिमा रहेको थियो ।
राष्ट्रपतिका लागि चुनावी मैदानमा उत्रिएका दुवै जना ४८ बर्षका रहेका छन् । उनीहरुबीच कडा प्रतिश्पर्धा हुने देखिएको छ । पछिल्ला सर्वैक्षणहरुले उनीहरुका बीचमा झिनो मतान्तरले जित तथा हार हुने देखाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रदेश भवन ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयक सर्वसम्मतिले पारित
-
कुलमानलाई ऊर्जामन्त्री खड्काको २४ घण्टे स्पष्टीकरण
-
अन्य दलसँग संघर्षभन्दा बढी नै समन्वय गर्दा पार्टी कमजोर भयो : प्रचण्ड
-
च्याम्पियन्स ट्रफीमा वर्षाले सधैँ किन लखेट्छ अस्ट्रेलियालाई ?
-
उपचारात्मक क्षेत्रमा नागरिकलाई बढी सुविधा दिने कुरामा सरकार गम्भीर छ : मन्त्री पौडेल
-
अडियो बाहिरिएपछि मन्त्रीका स्वकीय सचिवले विष खाए, उपचारका क्रममा मृत्यु