बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

अफवाह फैलाउने ४ भारतीय च्यानलको प्रतिबन्ध नहट्ने, अरु आजदेखि खुल्ने

आइतबार, २८ असार २०७७, १९ : ३४
आइतबार, २८ असार २०७७

काठमाडौं । नेपालका विरुद्ध अफवाह फैलाउने ४ वटा भारतीय च्यानल नखुल्ने भएका छन् । भारतीय न्यूज च्यानलहरु जी–न्यूज, आजतक, इन्डिया टिभि र एबीपी न्यूजमाथिको प्रतिबन्धलाई कायमै रहने भएको हो । 

मल्टि सिस्टम अपरेटरहरुको आइतबार बसेको बैठकले यी ४ न्यूज च्यानलबाहेक अरुलाई भने आजदेखि खुला गर्ने निर्णय भएको मेगा म्यास टेलिभिजनका अध्यक्ष दिनेश सुवेदीले जानकारी दिए । 

‘हामीले फेक–न्यूज प्रसारण गर्ने ४ वटा च्यानललाई बन्द नै राख्ने र अरुलाई आजदेखि खुला गर्ने निर्णय गर्यौं’ अध्यक्ष सुवेदीले भने, ‘उनीहरुले माफी त मागिसकेका छन्, तर पनि अहिलै खोल्नु उपयुक्त नहुने धारणा धेरै साथीहरुबाट आयो । त्यसैले ती च्यानललाई बन्द नै राख्ने निर्णय गरिएको हो ।’

नेपाल र चीनको विषयलाई जोडेर पछिल्लो समय भारतीय न्यूज च्यानलहरुले आफवाह फैलाउँदै आएका छन् । पछिल्लो समय प्रधानमन्त्री केपी शर्मा ओली र नेपालका लागि चिनियाँ राजदुत होउ यान्छीलाई जोडेर अनलर्गल प्रचार गरेपछि नेपालीहरु चिढिएका थिए । 

सोही कारण मल्टि सिस्टम अपरेटरहरुले गत बिहीबारदेखि दूरदर्शन बाहेक सबै भारतीय न्यूज च्यानलहरु बन्द गर्ने निर्णय गरेका थिए । सो निर्णयलाई उपत्यका र पहाडी क्षेत्रका नागरिकहरुले समर्थन गरे पनि तराई क्षेत्रका हिन्दी र मैथिलीभाषीले यसको विरोध गरेका थिए ।


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप