तपाईँको मोबाइलमा यस्तो एसएमएस आउन सक्छ, सचेत रहनुहोस्

काठमाडौँ । ‘हाम्रो रेकर्डअनुसार तपाई कोरोना पोजिटिभ भएको व्यक्तिसँग सम्पर्कमा आउनुभएकाले तपाई आफैलाई क्वारेन्टिन गर्नुहुन र परिवारका सदस्यहरू तथा साथीहरूसँग सामाजिक दूरी कायम राख्न अनुरोध गरिएको छ । कृपया पीसीआर परीक्षणको लागि निर्धारित समय र स्थानमा उपस्थित हुनुहोला । तपाईको उपस्थिति अनिवार्य छ । अन्यथा रु. १५,५५० जरिवाना गरिनेछ ।’
केही समययता अपरिचित व्यक्तिले यस्ता एसएमएसहरु व्यापकरुपमा पठाउन थालेको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) का प्रमुख डीआईजी सहकुल थापाले जानकारी दिए । यस्ता झूठो र गलत सूचना दिई जनमानसमा आतंक मच्चाइरहेको पाएपछि ब्यूरोले अनुसन्धान सुरु गरेको थापाले बताए ।
ब्यूरोले ‘दण्डहिनताविरुद्ध सीआईबीको अभियान’ सञ्चालन गर्दै यस्ता गलत सन्देशबाट बच्न ध्यानाकर्षण गराएको ब्यूरोका प्रवक्ता तथा एसपी बेलबहादुर पाण्डेले बताए । ‘पिटुपी अर्थात पर्सन टु पर्सन’ नभई इन्टरनेटको सहायताले एप्लिकेशनको प्रयोग गरेर पठाइने गरेको पाण्डेको भनाइ छ ।
प्रविधिको प्रयोग गरिने यस्तो काम आपराधिक मनोवृत्तिका मानिसले दुरुपयोग गरी सर्वसाधारणलाई हानी नोक्सानी पुर्याउन सक्ने भन्दै सीआईबीले सचेत हुन समेत आग्रह गरेको छ ।
प्रहरीको ५ बुँदे सुझाव
१. पिटुपी अर्थात एप्लिकेसन टु पर्सन एसएमएसबाट प्राप्त एसएमएसहरु छल, छद्म तथा धोखाधडी समेत हुन सक्ने भएकाले मोबाइल प्रयोगकर्ताले सावधानीपूर्वक प्रतिक्रिया गर्नुहुँदैन । यसलाई बेवास्ता गर्नुहोस् वा एसएमएस हटाउनुहोस् ।
२. वित्तिय तथा अन्य सेवा प्रदायक संघसंस्था र टेलिकम्युनिकेसन कम्पनीहरूले तपाईलाई कहिले पनि एसएमएसमार्फत तपाईंको व्यक्तिगत विवरणहरू उपलब्ध गराउन नसोध्ने हुँदा कहिल्यै पनि आफ्नो विवरण एसएमएसमार्फत नदिनुहोस् ।
३. एसएमएसमार्फत प्राप्त भएका लिंकहरूमा क्लिक नगर्नुहोस् ।
४. एसएमएसमार्फत प्राप्त हुने लटरी वा छुट जस्ता प्रस्तावको प्रलोभनमा नपर्नुहोस् । यो धोखाधडी हो, सावधान रहनुहोस् ।
५. झुक्याउने एसएमएस प्राप्त गर्नुभयो भने तुरुन्त प्रहरी वा तपाईको टेलिकम नेटवर्क प्रदायकलाई सम्पर्क गर्नुहोस् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
च्याम्पियन्स लिगमा बार्सिलोनाको शानदार जित, राफिन्हाले मेस्सीको रेकर्ड तोडे
-
दिल्लीलाई उछिन्दै गुजरात आईपीएलको शीर्ष स्थानमा
-
गाउँमा अझै बालविवाह, निस्दीमा सचेतनामूलक कार्यक्रम
-
लहानमा राजमार्गका होटल अनुगमन
-
काठमाडौंमा बिम्स्टेकको तेस्रो कृषिमन्त्रीस्तरीय बैठक सम्पन्न
-
२७ टन बराबर राहत सामग्री लिएर नेपाली टोली म्यान्मार प्रस्थान