एक हजार बढी नयाँ पेट्रोल पम्पको आवेदन रद्द
काठमाडौं । नेपाल आयल निगमले मापदण्डविपरीत आवेदन परेपछि एक हजार बढी नयाँ पेट्रोलपम्प (बिक्रेता) को आवेदन रद्द गरेको छ । नयाँ बिक्रेताका लागि परेका निवेदन एकै स्थान विशेषमा नै एकीकृत हुने गरी आएकाले एक हजार २५ आवेदन रद्द गरिएको निगमले जनाएको छ ।
जनसङ्ख्या, भूगोल, सवारी साधनको सङ्ख्या एवं सड़क घनत्वका आधारमा आवेदन नपरेको निगमले जनाएको छ । नयाँ बिक्रेताका लागि प्राप्त धेरैजसो निवेदन हाल पेट्रोल पम्प भई रहेकै ठाउँमा परेकाले यथास्थितिमा नयाँ बिक्रेता नियुक्त गर्दा उपयुक्त नदेखिएको बताइएको छ ।
यही असार १६ गते बसेको निगम सञ्चालक समितिको बैठकले नयाँ बिक्रेताका लागि प्राप्त आवेदन रद्द गर्ने निर्णय गरेको हो । निगमले नयाँ बिक्रेता नियुक्तिका लागि २०७६ वैशाख १७ गते र २०७६ भदौ १० गते सार्वजनिक सूचना जारी गरेको थियो । उक्त सूचनाका आधारमा मुलुकभरबाट एक हजार २५ आवेदन प्राप्त भएका निगमले जनाएको छ ।
निगमले आवेदन रद्द भएकाले सम्बन्धित कार्यालयमा सम्पर्क गरी जम्मा गरेको निवेदन शुल्क फिर्ता लैजान अनुरोध गरेको छ । निगमले आगामी दिनमा साधारण बिक्रेता नियुक्ति प्रक्रियालाई समयसापेक्ष तथा थप व्यवस्थित बनाउने पनि जनाएको छ । जिल्लागत, स्थलगत, स्थानीय तहगत र राजमार्गगतरुपमा निगमलाई आवश्यक थप बिक्रेताको सङ्ख्या यकिन गरिने निगमको भनाइ छ ।
नयाँ बिक्रेता नियुक्तिका लागि निवेदन माग गर्दा सम्भावित बिक्रेताको लागत लाभसमेतको व्यावसायिक योजना माग गरी बिक्रेता नियुक्तिसम्बन्धी प्रक्रिया अगाडि बढाइने निगमले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रवि लामिछानेलाई भद्रकाली स्थित काठमाडौँ प्रहरीको हिरासतमा राखियो
-
दुर्गा प्रसाईँ हरिसिद्धी अस्पतालमा भर्ना
-
पूर्वी युगान्डामा भूस्खलन, १३ जनाको मृत्यु, ४० घर पुरियो
-
पशुपतिमा बत्ती बाल्न र सद्बिज छर्न कुनै शुल्क नलाग्ने
-
चार जना प्रहरी उपरीक्षक वरिष्ठ उपरीक्षक पदमा बढुवा सिफारिस
-
तीनै तहका सरकारबिच सहकार्य आवश्यक : मुख्यमन्त्री कार्की