बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

भारतीय समाचारप्रति आपत्ती जनाउँदै सरकारले लेख्यो भारतलाई पत्र

आइतबार, २८ असार २०७७, १८ : ३६
आइतबार, २८ असार २०७७

काठमाडौं । भारतीय सञ्चारमाध्यममा आएका समाचारलाई लिएर नेपाल सरकारले भारत सरकारलाई पत्र पठाएको छ । स्रोतका अनुसार भारतीय सञ्चारमाध्यममा नेपाल र यहाँका प्रधानमन्त्रीको बारेमा आएका समाचारहरु आधारहिन, कपोकल्पि, बनावटी रहेको र त्यसले नेपालीको भावनामा चोट पुराएको भन्दै भारत सरकारलाई कुटनीतिक नोट पाठएको छ ।

त्यस खालको समाचारले दुई देशको सम्बन्धमा असरसमेत पर्ने भएकाले त्यसमा नेपाल सरकारको गम्भीर ध्यानाकर्षण भएको भन्दै भारत सरकारलाई कुटनीति नोट पठाएको प्रधानमन्त्री कार्यालय स्रोतले जनाएको छ ।

चिनियाँ राजदूत र प्रधानमन्त्री केपी शर्मा अ‍ोलीलाई लिएर त्यहाँका सञ्चारमाध्यमले आपत्तिजनक समाचार प्रशारण गरेपछि नेपालमा त्यसको विरोध भएको थियो । नेपालमा भारतीका केही न्युज च्यानल बन्द पनि गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप