बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

साउनबाट क्लिन फिड लागू गर्न सरकारको ध्यानाकर्षण

आइतबार, २८ असार २०७७, १८ : ३५
आइतबार, २८ असार २०७७

नेपाल मिडिया सोसाइटीले आगामी आर्थिक वर्षको सुरुबाट नै क्लिन फिड लागू गर्न सरकारको ध्यानाकर्षण गराएको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. युवराज खतिवडालाई भेटेर मिडिया सोसाइटीले क्लिन फिड साउनबाट नै लागू गर्न ध्यानाकर्षण गराएको हो । सबै सेवा प्रदायकहरु क्लिन फिडका लागि मानसिक रुपमा तयार भएकाले तीन महिना पर्खिनुभन्दा आर्थिक वर्षको सुरुबाटै लागु गर्न कुनै समस्या नहुने सोसाइटीका अध्यक्ष शुभशंकर कँडेलले बताए । 

आर्थिक वर्षको सुरुवातबाट नै विज्ञापन रहित विदेशी च्यानल हुनुपर्ने उनले बताए । विज्ञापनरहित बनाएर कसरी दिने ÷ नदिने भन्ने कुरा सरकारको चिन्ताको विषय नभएको उनको भनाइ छ ।

ध्यानाकर्षण पत्र बुझ्दै सरकार प्रवक्ता समेत रहनुभएका मन्त्री डा. खतिवडाले यो विषयमा मन्त्रालयले गृहकार्य गरिरहेको बताउनुभयो । कानुनतः कार्तिक ८ गतेबाट लागु हुनेभएपनि सरकारका कुनै प्रशासनिक निणयबाट छिटो गर्न सकिन्छ की भन्ने विषयमा मन्त्रालय गृहकार्यमा जुटिरहेको उनको भनाई छ । 

कार्तिक भन्दा अगाडी नै क्लिन फिडमा जान सकिने अवस्था भएमा छिट्टै मन्त्रिपरिषद्मा प्रस्ताव लगेर निर्णय गर्न सकिन्छ की भन्ने विषयमा पनि गृहकार्य जारी रहेको उनले बताए ।

क्लिन फिडका लागि सरकारले कानून निर्माण गरिसकेको छ । कार्यान्वयनका लाग नियमावली र विज्ञापन बोर्ड गठन भने गर्न बाँकी रहेको उनले बताए । विज्ञापन ऐन–०७६ को प्रावधानअनुसार आगामी कात्तिक ८ देखि यो व्यवस्था लागु गर्नुपर्ने हुन्छ । नेपाली विज्ञापन बजारको प्रवद्र्धनका लागि सरकारले क्लिन फिड लागू गर्ने गरी ऐनमा व्यवस्था गरेको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप