शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

‘भारतीय न्यूज च्यानलमाथिको बन्देज तत्काल खोल्न सकिँदैन’

आइतबार, २८ असार २०७७, १८ : १५
आइतबार, २८ असार २०७७

काठमाडौं । भारतीय न्यूज च्यानलहरुमाथिको बन्देज तत्काल खोल्न नसकिने सरकारले स्पष्ट पारेको छ ।  प्रधानमन्त्री केपी शर्माओली र नेपालको विषयमा आपत्तिजनक सामग्री प्रसारण गरिरहेका भारतीय न्यूज च्यानलमाथिको बन्देज परिस्थिति अनुकूल नहुँदासम्म कायम रहने सरकारले बताएको हो ।

मिडिया सोसाइटीका प्रतिनिधिहरुसँगको भेटमा सरकारका प्रवक्ता डा.युवराज खतिवडाले परिस्थिति अनुकूल भएर ती मिडियाहरु नसुध्रिँदासम्म बन्देज कायम राख्न सेवा प्रदायकहरुलाई आग्रह गरिएको बताए । सञ्चार मन्त्रालयको जिम्मेवारीमा समेत रहनुभएका अर्थमन्त्री डा.खतिवडाले सेवा प्रदायकहरुले राष्ट्रियताप्रतिको जिम्मेवारी बोध गर्दै बन्द गरेका भारतीय न्यूज च्यानलहरुमाथिको बन्देज तत्काल नखोलिने बताएका हुन् ।

नेपालीहरुको एकताबाट तर्सेर कुनै पनि मिडियाले अपमानित ढंगले जान नसुहाउने भएपनि भारतीय न्यूज च्यानलहरुले दुरासायपूर्ण रुपले अगाडी बढेकाले तत्काल प्रतिवन्ध नहट्ने उनले बताए । उनले भने, ‘नेपालले नक्सा अद्यावधिक गरेर जारी गरेको अवस्था छ । राष्ट्रिय एकता र सबै नेपालीको ऐक्यवद्धता हामीले प्रदर्शन गरेका छौँ । यो नेपालीहरुको एकताबाट तर्सेको पनि हुन सक्छन् । एकताबाट तर्सेर, चित्त नबुझेर भएपनि स्वस्थ्य छलफलबाट अघि बढ्न सकिने हुन्छ तर जुनसुकै माध्यमबाट पनि अपमानित गर्ने ढंगले जन कुनै पनि मिडियाले सुहाउँँदैन । भारतीय मिडियाहरुको कदमलाई हामीले दुरासायपूर्ण भनेर भनिसकेका छौँ । केही च्यानल बन्द भएको अहिलेको अवस्था हो । सेवा प्रदायकहरुले स्वस्फुर्त रुपमा राष्ट्रियताप्रतिको जिम्मेवारी बोध गरेर प्रतिबन्ध लगाए । परिस्थिति अनुकूल भएर ती मिडियाहरु नसुध्रिदासम्म प्रतिबन्ध कायम राख्न म अग्रह गर्दछु ।’

नेपालले अद्यावधिक नक्सा जारी गरेदेखि नै भारतीय सञ्चारमाध्यमहरुले आपत्तिजनक सामग्री प्रकाशन प्रशारण गर्दै आएका छन् । पछिल्लो समय प्रधानमन्त्री ओलीको नाम नै जोडेर विभिन्न सामग्री प्रकाशन÷ प्रशारण भएपछि नेपालमा भारतीय न्यूज च्यानलहरु बन्द गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप