नेपालमा सलहको नयाँ झुण्ड प्रवेश, प्रदेश ५ मा सलह देखिएपछि किसान चिन्तित
बुटवल । सलहको नयाँ झुण्ड नेपाल प्रवेश गरेको छ । आज विहान भारतको उत्तर प्रदेशका सितापुर तथा बहराइच क्षेत्रमा रहेका सलहका झुण्डहरुमध्ये एउटा झुण्ड दाङ जिल्लामा प्रवेश गरेको प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रका प्रमुख सहदेव हुमागाँईले जानकारी दिएका छन् । दाङको देउखुरीमा भारतबाट पसेको सलहको नयाँ झुण्ड देखिएको प्रदेश ५ कृषि निर्देशानालयले जनाएको छ ।
आज दिउसो राप्ती गाउँपालिका र गढवा गाउँपालिका क्षेत्रमा किसान लगाएको मकैबालीमा नयाँ सलह किरा देखापरेको अन्य विवरण संकलनको काम भईरहेको प्रदेशका कृषि निर्देशक यम नारायण देवकोटाले रातोपाटीलाई बताए ।
उनले भने ‘दाङमा आज सहल देखिएको छ, विवरण संकलन र अन्य काम भइरहेको छ । यसअघिको भन्दा ठूलो संख्यामा सलह किरा देखिएको स्थानीय किसानहरुले बताएका छन् ।’ किरा फैलिएर मकैबालीमा बसेको छन् । भने सलह धपाउन भाँडा ठटाउने, धुवाँ लगाउने काम गरिएको छ ।
दाङ जिल्लाको गढवा गाउँपालिकाको वडा नम्बर २ र ३ मा प्रवेश गरेको छ भने दिउँसो १ बजेतिर राप्ती नगरपालिकाको लालमटिया क्षेत्रमा आकाशमा देखिएको छ । तर ती स्थानहरुमा कृषक तथा समूदायबाट विभिन्न अवरोधहरु सिर्जना गरि बस्न नदिए पछि त्यो झुण्ड उत्तर पूर्वतर्फ लागेको केन्द्रले जनाएको छ ।
पश्चिमबाट पूर्वतर्फ हावा लागेकाले किरा पूर्वतर्फ गइरहेको छ । यसअघि आएको सलह किराले कपिलवस्तु, पाल्पा, गुल्मी, अर्घाखाँचीमा प्रवेश गरेको थियो । यतिबेला तराईमा धान लगाउने सिजन र पहाडतिर मकै हुकर्ने सिजन छ । अहिले तराईमाभन्दा पहाडमा मकैमा धेरै क्षति गर्न सक्ने अनुमान गरिएको छ । यसअघि दाङ जिल्लामा झण्डै ६ सय हेक्टर जमिनमा लगाएको धान, मकै र तरकारी बालीमा क्षति पु-याएको थियो । आजको क्षति विवरण संकलन अझै भएको छैन ।
यसका अतिरिक्त थप झूण्डहरु समेत आउन सक्ने सम्भावना रहेकोले प्रदेश ५, २ तथा १ का तराई र मध्य पहाडी क्षेत्रहरुमा समेत आवश्यक सतर्कता अपनाउन केन्द्रले आग्रह गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एउटै सामुदायिक विद्यालयमा एकै परिवारका चार जनाको हालीमुहाली
-
मार्चदेखि क्यानडा र मेक्सिकोबाट आउने सामानमा अमेरिकामा कर लाग्ने
-
‘मायावी’बारे राजेश हमाल : फिल्म क्षेत्रलाई चलायमान बनाउन सक्छ
-
सुनको मूल्य हालसम्मकै उच्च, तोलामा कति पुग्यो ?
-
प्यालेस्टिनी कैदीहरूको रिहाइमा हमासले इजरायलसामु राख्यो यस्तो शर्त
-
मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा आज आउँदै, कस्तो होला महाप्रसादको अन्तिम नीतिगत निर्णय ?