सरिता गिरीले दायर गरिन् सर्वोच्चमा रिट

काठमाडौँ । तत्कालिन समाजवादी पार्टीबाट कारवाहीमा परेकी नेतृ सरिता गिरीले पार्टीको विरुद्धमा सर्वोच्चमा रिट दायर गरेकी छिन् । उनले तत्कालिन समाजवादी पार्टी, हालको जनता समाजवादी पार्टी, प्रतिनिधिसभा, संसद सचिवालय, निर्वाचन आयोगलाई विपक्षी बनाएर रिट दायर गरेकी हुन् ।
नयाँ नक्सा अनुसार नेपालको निशान छापलाई संशोधन गर्न बनेको विधेयकको फिर्ता लिन सांसद गिरीले संसद सचिवालयमा प्रस्ताव दर्ता गराएकी थिइन् । सो प्रस्ताव फिर्ता लिन पार्टीका संसदीय दलले निर्देशन दिए पनि उनले फिर्ता लिएकी थिइनन् । उल्टै विधेकमाथि चुनाव भएको दिन संसदको बैठक नै बहिष्कार गरेर निष्केकी थिइन् । प्रस्ताव फिर्ता नलिए कारवाही गर्न बाध्य हुने संसदीय दलले पठाएको पत्रमै उल्लेख थियो ।
पार्टीको अनुशासन तथा ह्वीप उल्लङ्घन गरेको भन्दै पार्टीले उनीसँग स्पष्टीकरण मागेको थियो । तर उनले पार्टीलाई सन्तोषजनक जवाफ नदिएको भन्दै पार्टीले उनलाई पार्टीको साधारण सदस्य तथा संसद पदबाट समेत बर्खास्त गरी कारवाही गर्ने निर्णय गरेको थियो ।
कारवाहीमा परेपछि आज उनले अदालतमा उनले रिट दाय गरेकी हुन् । समाजवादी पार्टीको केन्द्रीय समितिबाट हुनुपर्ने निर्णय पार्टीको कार्यकारीणी कमिटीबाट गरेर कारवाही गरेको उनले आरोप लगाएकी छिन् । आफूलाई कारवाही गरेको निर्णय नै अवैधानिक रहेको उनको जिकिर छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गभर्नर नियुक्ति विवादको रिट आज पनि इजलासको पुछारमा
-
ट्रम्प प्रशासनविरुद्ध हार्वर्ड विश्वविद्यालयले हाल्यो मुद्दा
-
च्याट लिक कान्डः ट्रम्पले गरे आफ्नो रक्षामन्त्रीको बचाउ
-
बर्सेनि बढ्दै चैते धानको आकर्षण
-
सुनको मूल्य एकैदिन ६ हजार ९०० रुपैयाँ बढ्यो, तोलामा २ लाख नजिक
-
न्यायाधीश नियुक्ति सधैँ विवादित : संसदीय सुनुवाइ अन्त्य कि न्याय परिषद्कै पुनर्संरचना ?