मङ्गलबार, ०६ चैत २०८०
ताजा लोकप्रिय

ऐश्वर्या र छोरी आराध्यालाई पनि कोरोना

आइतबार, २८ असार २०७७, १६ : ४४
आइतबार, २८ असार २०७७

मुम्बई । अभिनेत्री ऐश्वर्या राय बच्चन र उनकी छोरी आराध्या बच्चनलाई पनि कोरोना पुष्टि भएको छ । अमिताभ बच्चन र अभिषेक बच्चनको कोरोना रिपोर्ट पोजेभिट आएपछि घरका सबै सदस्यको परीक्षण गरिएको थियो ।

पहिलो पटक गरिएको परीक्षणमा जया बच्चन, ऐश्वर्या र आराध्याको रिपोर्ट नेगेटिभ आएको थियो । दोस्रो परिक्षणमा भने ऐश्वर्या र आराध्याको रिपोर्ट पोजेटिभ आएको छ । 

कोरोना पुष्टि भएपछि ऐश्वर्या र आराध्या नानावती अस्पताल भर्ना हुने बताइएको छ ।  जय बच्चनको रिपोर्ट भने नेगेटिभ छ । उनी होम क्वारेन्टाइनमा रहने भारतीय मिडियाले जनाएका छन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप