तीनकुनेको खाली जग्गामा ट्राफिक प्रहरीले रोप्यो फूल
काठमाडौँ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले कोटेश्वर स्थित खाली जग्गामा ‘पुष्परोपण कार्यक्रम’ सम्पन्न गरेको छ ।
आइतबार आयोजित उक्त कार्यक्रमका प्रमुख अतिथि तथा महानगरीय प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरिक्षक विश्वराज पोखरेलले पुष्परोपण गरी उद्घाटन गरेका हुन् ।
महाशाखाले सडकको छेउलाई मनमोहक, रौनक र रङ्गिन बनाई सुन्दरता वढाउन फूल रोप्न थालेको हाे ।
महाशाखाका प्रमुख प्रहरी वरिष्ट उपरीक्षक भिम ढकालले महाशाखा लगायत मातहतका ४४ वटै ट्राफिक कार्यालयहरूले ३५० भन्दा वढी फूलका विरुवाको व्यवस्था गरेको जानकारी दिए ।
ढकालले ती ट्राफिक कार्यालयहरू आफूले रोपेका फूलहरूलाई आफैले नै रेखदेख गर्ने र ३ महिनापछि सवैभन्दा उत्कृष्ट विरूवा (फूल) बनाउने कार्यालयलाई पुरस्कृत गर्ने कुरा पनि बताए ।
नेपालको एकमात्र अन्तराष्ट्रिय विमानस्थल नजिकै रहेको तीनकुने पर्यटकहरू आवातजावत गर्ने मुल ढोका समेत रहेकोले त्यहाँ रहेको खाली जग्गामा फूलहरू रोपि सडकलाई मनमोहक बनाउन खोजिएको महाशाखाले जनाएको छ ।
अमला, वेगमवेली, तेजपत्ता, रिठ्ठा, मसला, धुपी, पारिजात, कपुर, रातकी रानी, कामिनी, किम्बु, चाँप, चाईनिज गुलाव, समी, मेन्टोगेटा, एभोगाडो, हेमनकस, आरू जस्ता ३५० बढी विरूवा ट्राफिक प्रहरीका अधिकृत तथा जवानहरूले आज रोपेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘आवश्यक जनशक्ति नहुँदा जयनगर-जनकपुर रेल्वे सेवा घाटामा’
-
देउवाद्वारा सार्वजनिक यातायात र यातायात व्यवसायी समन्वय विभागमा १० सदस्य मनोनीत
-
भारत, भूटान र माल्दिभ्सका एनसिसी भ्रमण टोली प्रतिनिधि प्रधानमन्त्री भेट्न बालुवाटारमा
-
पूर्वराजा ज्ञानेन्द्रलाई वर्षमानको चेतावनी : तानाशाही शासन फर्काउन सकिन्छ कि भनेर मुख नमिठ्याए हुन्छ
-
परराष्ट्रमन्त्री देउवा र अजरबैजानका विदेश राज्यमन्त्रीबिच भेटवार्ता
-
‘पहिला पानीजहाजलाई लिएर धेरै उडाइयो, अहिले आवश्यकता महसुस भएको छ’