बुटवलमा आजदेखि एसी बस सञ्चालनमा
बुटवल । लकडाउन सुरु भएपछि रोकिएका एसी बस बुटवलमा आइतबार बिहानबाट सञ्चालमा आएका छन् ।
सरकारले शुक्रबारदेखि सार्वजनिक बस सञ्चालन गर्ने निणर्य गरेसँगै लुम्बिनी मेट्रोसिटी प्रालिले बुटवल–भैरहवा रूटमा एसी बस सञ्चालनमा ल्याएको हो।
प्रालिका अध्यक्ष धनबहादुर अधिकारीले गृह मन्त्रालयले छोटो दुरीका यातायात सञ्चालन गर्न अनुमति दिएपछि मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय समन्वय गरी सञ्चालनमा ल्याएको रातोपाटीलाई बताए ।
बस संचालन गर्दा सरकारको निर्देशन अनुसारका सुरक्षाका मापदण्ड अपनाएको समितिले जनाएको छ ।
लुम्बिनी मेट्रोसिटी प्रालि मातहतमा ८ वटा एसी बस रहेका छन् । ती गाडी एक–एक घण्टाको फरकमा छुटेका छन् ।
सरकारले तोकेको ५० प्रतिशत भाडा वृद्धि गरेर संचालन गर्न पाउने निर्देशन अुनसार बुटवल–बर्दघाट रुटमा पनि गाडी सञ्चालनमा ल्याउने तयारी भइरहेको समितिले जनाएको छ ।
यहाँ क्रियाशिल पश्चिम नेपाल, सिद्धार्थ लगायत अन्य कम्पनीका गाडीहरु भने अझै सञ्चालनमा आएका छैनन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गीत रेकर्डसँगै ‘आम नागरिक’ निर्माण सुरु
-
सर्वोच्च अदालतको प्रश्नपछि पतञ्जलिले पत्रपत्रिकामा फेरि छाप्यो माफीनामा
-
१७औँ आईपीएलको ४०औँ खेल आज : लगातार दोस्रो पटक गुजरातलाई हराउने योजना बुन्दै दिल्ली
-
नेपाल र कतारबिच दुईपक्षीय वार्ता
-
सुनको मूल्य तोलामा ५ सय रुपैयाँ बढ्यो, कतिमा हुँदैछ कारोबार ?
-
अनमोलको ‘फर्की फर्की’को धमाधम विदेश राइट बिक्री