बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

‘सहायक श्रीमान्’ रसियाको अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा छनौट

आइतबार, २८ असार २०७७, १५ : २८
आइतबार, २८ असार २०७७

काठमाडौं । नेपालको लोपोन्मुख बहुपति प्रथाका बारेमा निर्मित वृत्तचित्र फिल्म ‘सहायक श्रीमान’ (को-हजबेन्ड) रसियाको अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा छनौट भएको छ ।   आगामी अगष्ट २७ देखि २९ सम्म रसियामा हुन लागेको अन्तर्राष्ट्रिय कान्स भिडियो फेस्टिबलमा नेपालबाट यो फिल्म छनौट भएको हो ।

गणेश पाण्डेको निर्देशन रहेको फिल्म नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ)मा अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा उत्कृष्ट वृत्तचित्र अवार्डसहित १ हजार अमेरिकी डलर जितेको थियो ।  बहुपति प्रथामा आधारित ३५ मिनेटको फिल्म कर्णाली प्रदेशको हुम्लामा छायाँकन गरिएको हो । घरमा जति दाजुभाई छन् । एउटै श्रीमती बिहे गर्ने संसारकै अनौठो चलन अहिले पनि नेपालका कतिपय हिमाली जिल्लामा विद्यमान छ । सोही विषय फिल्ममा उतारिएको छ ।

साइन मिडिया प्रालिका लागि शारदा गैरेले निर्माण गरेको फिल्ममा ईश्वर कोइराला, चन्द्रमान डंगोल, अविनाश लामा र राधेश्याम तिमिल्सिनाको छायाँकन रहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप