शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

देशभरका मोबाइल व्यवसायी संगठित

आइतबार, २८ असार २०७७, १४ : ५८
आइतबार, २८ असार २०७७

काठमाडौं– मोबाइल व्यवसायसँग सम्बन्धित संघ संस्थाहरुको नेतृत्व संस्थाको रुपमा ‘नेपाल मोबाइल व्यवसायी महासंघ’को तदर्थ समिति गठन भएको छ । 

देशका विभिन्न क्षेत्रमा कृयाशील मोबाइल व्यवसायी संघ संस्थाहरुको भेलाले तदर्थ समिति गठन गरेको हो । तदर्थ समितिको अध्यक्ष भरत भट्टराई, वरिष्ठ उपाध्यक्ष सुरेश प्रसाई, उपाध्यक्ष अर्जुन चालिसे, महासचिव रमेश घिमिरे, सचिव डिल्लीबहादुर तामाङ, कोषाध्यक्ष सन्तोष घिमिरे, सह–कोषाध्यक्ष श्याम नगरकोटी र वरिष्ठ सदस्य दीपक बोगटी रहेका छन् । १७ सदस्यीय तदर्थ समितिमा नौं जना सदस्य मनोनित गरिने बताइएको छ ।

देशका विभिन्न क्षेत्रमा रहेर मोबाइल व्यवसाय गर्दै आएका व्यवसायीहरुको संस्थाहरुलाई एकतावद्ध गर्ने उद्देश्यले महासंघ गठन गरिएको तदर्थ समितिका अध्यक्ष भट्टराईले जानकारी दिनु भयो । नवगठित तदर्थ समितिलाई पूर्णता दिएर कोरोना समस्या सामान्य हुने वित्तिकै महाधिवेशन गर्ने योजना रहेको भट्टराईले जानकारी दिए ।

देशभर पाँच हजार भन्दा बढी मोबाइल व्यवसायी रहेका छन् भने ती व्यवसायीहरुको एक सय भन्दा बढी संघ संस्थाहरु रहेका छन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप