शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

डिसहोम योजनाका २ भाग्यशाली विजेताले पाए एक/एक लाख

आइतबार, २८ असार २०७७, १४ : ३६
आइतबार, २८ असार २०७७

काठमाडौं– ‘डिसहोममा डिलर दाईको डिस्काउन्ट’ योजनाअन्तर्गत लाइभ लक्की ड्रमार्फत दुईजना भाग्यशाली विजेता छनौट भएका छन् । 

२०७७ साल असार १९ गते देखि असार २५ गते सम्म फण्ड ट्रान्सफरबाट बार्षिक रिचार्ज गर्ने ग्राहकहरुलाई समावेश गरेर लक्की ड्र सम्पन्न भएको छ । 

हरेक हप्ताको शुक्रबार साँझ ५ बजे डिशहोमको शोकेस च्यानल नं. १००, शोकेस २ च्यानल नं. १०१ र रमाइलो टिभीमा लाइभ लक्की ड्रमार्फत दुईजना भाग्यशाली विजेता छनौट हुन्छन् । योजनाअनुसार २ जना भाग्यशाली विजेताहरुले प्रति व्यक्ति एक लाख नगद प्राप्त गर्नु सकिनेछ । 

यो योजनाअन्तर्गत असार २६ गते भएको लक्की ड्रबाट डिशहोमको सेटअप बक्सको CASID No. 71913094877, 71914081915 जेता बन्न सफल भएका छन् ।

डिशहोमले संचालन गरेकोे डिलर दाईको डिस्काउन्ट अफरको व्यापक सफलता र ग्राहकहरुको अत्यधिक मागलाई ध्यानमा राखि यो अफरलाई निरन्तरता दिईने भएकोछ । फण्ड ट्रान्सफरबारे अधिक जानकारीको लागि देशभर रहेको डिशहोम बिक्रेता, नजिकैको डिलरवा डिशहोमको ग्राहक सेवा केन्द्रमा सम्पर्क गर्न सकिन्छ । 

ग्राहकहरुको मागलाई ध्यानमा राख्दै अव अनलाइन मार्फत ५ हजार वा सो भन्दा माथि रिचार्ज गर्ने ग्राहकहरुलाई पनि यो विक्ली लक्की ड्रमा सहभागी गराइने भएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप