बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

हजुरबा बने बाबुराम

आइतबार, २८ असार २०७७, १३ : ५७
आइतबार, २८ असार २०७७

काठमाडौं । पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले आइतबार बिहान शिशु बोकेको ३ वटा फोटो ट्वीटरमार्फत सार्वजनिक गर्दै लेखे, ‘बल्ल हजूबा भैयो ।’ 

उनकी एकमात्र छोरी मानुसी यमी भट्टराईले आइतबार बिहान छोरालाई जन्म दिएकी हुन् ।

 ट्वीटरमा भट्टराईले  छोरी मानुसी र ज्वाईँ जकेन्द्र श्रेष्ठलाई बधाई दिँदै आफ्नो परिवारमा २२ औं शताब्दी देख्ने शिुशुको जन्म भएको बताएका छन् । 

नाती समातेको २ वटा फोटो र अर्को परिवारका सदस्य सहितको फोटो सार्वजनिक गर्दै भट्टराईले सफल अपरेशनका लागि डा गीता गुरुङ र उनको टिमलाई धन्यवाद समेत दिएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप