मङ्गलबार, ०६ चैत २०८०
ताजा लोकप्रिय

सलमान खानको यी अभिनेत्रीसँग हुँदै थियो विवाह, कार्ड छापेपछि रोकियो

आइतबार, २८ असार २०७७, १३ : २७
आइतबार, २८ असार २०७७

एजेन्सी – आफ्नो समयकी सबैभन्दा सुन्दर अभिनेत्री संगीता बिजलानी ६० वर्ष पुगेकी छिन् । पछिल्लो समय बलिउडबाट टाढा रहेकी बिजलानी व्यक्तिगत जीवनशैलीका कारण अझै पनि चर्चामा आइरहन्छिन् । आफूलाई सधैं फिट र सुन्दर राख्ने बिजलानी अझै पनि जवान अभिनेत्रीसरह नै देखिन्छिन् । 

विशेषतः उनको जीवनमा सबैभन्दा बढी चर्चा सुपरस्टार सलमान खानसँग सम्बन्धका कारण भयो । अझैसम्म अविवाहित सलमान खानसँग उनको विवाहको योजनासमेत बनिसकेको भारतीय सञ्चार माध्यमहरुले उल्लेख गरेका छन् । 

बिजलानीको विवाह सलमान खानको एकपटक बिहे लगभग पक्का भइसकेको थियो । तर, के कारणले उक्त बिहे रोकिएको थियो कसैलाई थाहा छैन ।  सलमान खानले कलाकार तथा मोडल संगीता बिजलानीसँग बिहे गर्ने चर्चा थियो ।

सन् १९९४ को २७ मे मा सलमान र संगीताले बिहे गर्ने तय पनि भएको थियो । सलमानले नै यो मिति चुनेका थिए र संगीताको भेट सन् १९८६ मा भएको थियो । यी दुईले लामो समय सँगै काम गरे । सन् १९९३ मा सलमान खानले आफूले बिहे गर्न चाहेको अन्तर्वार्ताका क्रममा खुलाएका पनि थिए ।

अर्को एक अन्तर्वार्तामा त सलमान खानले यो पनि खुलाएका थिए कि, संगीतासँग बिहे गर्नका लागि कार्ड पनि छापिएको थियो । तर, संगीताले उक्त बिहे गर्नमा इन्कार गरिन् । खासमा सलमानको परिवार पनि यो बिहेका लागि राजी थिए । तर, संगीताको परिवार खासै खुशी हुन सकेका थिएनन् ।

यो बिहे पनि त्यसै भाँडिएको थिएन । संगीतालाई सलमानको सोमी अलीसँग पनि अफेअर चलेको थाहा भयो । यो थाहा पाएपछि संगीताले बिहे इन्कार गरेकी थिइन् । त्यसपछि संगीताले क्रिकेटर मोहम्मद अजहरुद्दीनसँग सन् १९९६ मा बिहे गरेकी थिइन् ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप