शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

गण्डकीमा थप १५ जनामा कोरोना पुष्टि

आइतबार, २८ असार २०७७, ११ : ३४
आइतबार, २८ असार २०७७

पोखरा । गण्डकी प्रदेशमा थप १५ जनालाई कोरोना पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार प्रदेशका ७ जिल्लामा कोरोनाका १५ संक्रमित थपिएका हुन् ।

आइतबार थपिएका संक्रमितमध्ये तनहूँमा ६, पर्वत र बालुङमा २, २ जना, नवलपुर, स्याङ र गोरखामा १, १ जना । यसैगरि लमजुङमा २ जना संक्रमित थपिएका छन् । यो सँगै प्रदेशको कुल संक्रति संख्या ११९२ पुगेको छ ।

तनहूँमा थपिएका संक्रमितमध्ये ब्यासमा १, ऋषिङमा ३, शुक्लागण्डकीकमा १, भानुमा १ रहेका छनन् । यसैगरि, पर्वतको महिला र फलेबासमा गरि २ संक्रमित थपिएका छन् । बागलुङको जैमनी र ढोरपाटनमा दुई संक्रमित थपिएका छन् । नवलपुर मध्यबिन्दुमा १ महिला संक्रमित थपिएकी छिन् । स्याङ्जाको भिरकोटमा १ र गोरखाको सिरानचोकमा एक जना संक्रमित थपिएका छन् ।

लमजुङको मध्यनेपाल र बेशिसहरमा एक एक जना संक्रमित थपिएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप