मङ्गलबार, ०६ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

जब रोकिएको थियो अमिताभ बच्चनको धड्कन, मृत्युलाई जितेर फर्किएका थिए

आइतबार, २८ असार २०७७, ११ : ०९
आइतबार, २८ असार २०७७

एजेन्सी – भारतीय सिनेमा क्षेत्रका महानायक अमिताभ बच्चनलाई कोरोनाभाइरसको संक्रमण भएको पुष्टि भएको छ । 

बलिउड क्षेत्र यतिबेला महानायक बच्चनको शिघ्र स्वास्थ्यलाभको कामना गरिरहेको छ । 

भाइरसबाट संक्रमित बनेका महानायकको विषयमा भारतीय सञ्चार माध्यमले विभिन्न घटनाहरुको बारेमा सार्वजनिक गरेका छन् । 

यसैबीच, एक पटक अमिताभ बच्चन सिकिस्त बिरामी भएका थिए । साथै, उनले जीवनमा थुप्रै मुश्किल घडीहरुको सामना पनि गरिसकेका छन् । 

यति मात्र होइन, अमिताभ बच्चनले एक पटक मृत्युलाई समेत जितेर फर्किएका थिए । 

सन् १९८२ को जुलाइृ २६ मा बैंगलुरुमा फिल्म ‘कुली’ को शुटिङमा अमिताभले फिल्मलाई थप प्रभावकारी बनाउन आफैले स्टन्ट दिने निधो गरे । एक सीनमा पुनीत इस्सरले अमिताभ बच्चनलाई मुक्का हान्नुपर्ने थियो । तर, अपसोच अमिताभको मुखमा मुक्का बजारियो र उनी स्टीलको टेबलमाथि बाट लडेर अर्कोपट्टि बजारिए । 

उक्त समय यो सीट सेटमा निकै रियल लागेको थियो र अमिताभको तारिफ पनि भयो । तर केही छिनपछि अमिताभको पेट दुख्न सुरु भयो र रातभर उनी छट्पटाइरहे तर चोट कहाँ लागेको थियो पत्ता नलागेपछि उनलाई बैंगलुरुको सिलोमिना अस्पतालमा भर्ना गरियो । साथै, मुम्बईका विशेषज्ञ चिकित्सक बैंगलुरु पुगे । स्थानीय चिकित्सकले अमिताभको शल्यक्रिया समेत गराएका थिए । घटनाको दुईदिनसम्ममा अमिताभको हालत निकै खराब भयो । अस्पतालका डाक्टरहरुले पेन किलर दिएर उपचार गराइरहेका थिए । तर कसैलाई उनको चोट कहाँ लागेको हो पत्ता लगाउन सकेका थिएनन् । यसै दौरान अमिताभ बच्चनलाई स्थानीय डाक्टरले उपचार गरे । र अमिताभको पेट चिरियो । उनको पेटमा भएको इन्फेक्शन मुटुसम्म पुग्यो र मस्तिष्कमा समेत असर पुग्यो । चिकित्सकहरुले उनको बाँच्ने आशा मारिसकेका थिए । 

त्यसपछि फेरि उनको शल्यक्रिया भयो । शल्यक्रियापछि उनको अवस्था झनै नाजुक भयो । उनको बाच्ने आश मर्दै गएपछि घटनाको ७ दिनपछि उनलाई मुम्बई लगियो । 

उनलाई १० देखि १२ जना चिकित्सकले एकसाथ उपचारपछि पुर्नजन्म दिएका थिए । उनले आफै ट्विट गर्दै अगस्ट २ मा आफ्नो पुर्नजन्म भएको बताएका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप