मेस्सीको कीर्तिमानमा बार्सिलोनाको आशा जिवितै
रियल भालाडोलिडमाथि संघर्षपूर्ण जीत हासिल गर्दै बार्सिलोनाले लिगको शीर्ष स्थानमा रहेको रियल म्याड्रिडसँगको दुरी एक अंकमा झार्न सफल भएको छ । खेलको १५ औँ मिनेटमा कप्तान लियोनेल मेस्सीको पासमा अर्टुरो भिडालले गरेको एक मात्र गोल नै खेलमा निर्णायक बन्न पुग्यो ।
घरेलु टोलीले बराबरी गोल फर्काउन थुप्रै अवसर प्राप्त गरेको थियो । तर, खराब फिनिसिङ र गोलकिपर मार्क आन्द्रे टेर स्टेगनका कारण त्यो सफल हुन सकेन ।
एक खेल कम खेलेको रियलले सोमबार ग्रानाडाको सामना गर्दैछ । आज बार्सिलोनाले जीत हासिल गर्न असफल भएको भए, अर्को खेलमा जीत हासिल गर्दै जिनेदिन जिदानको टोलीले स्पेनिस ला लिगाको उपाधि हात पार्ने थियो । रियल हेड टु हेड रेकर्डमा पनि बार्सिलोनाभन्दा अघि रहेको छ ।
मेस्सीको कीर्तिमान
मेस्सी ला लिगाको एउटै सिजनमा २० वा सोभन्दा बढी गोल र सँगै २० वा सोभन्दा बढी गोलको अवसर सिर्जना गर्ने पहिलो खेलाडी बनेका छन् । सन् २००८–०९ सिजनमा बार्सिलोनाका पूर्व खेलाडी ज्याभीपछि मेस्सीले एकै सिजनमा २० वटा गोलको अवसर सिर्जना गर्न सफल भएका हुन् ।
ला लिगाको एकै सिजनमा कुनै पनि खेलाडीले एकैपटक २० वा सोभन्दा बढी गोल र एसिस्टको कोशेढुंगा पार गर्न सकेका छैनन् । युरोपका शीर्ष ५ लिगमा भने यो उपलब्धि हासिल गर्ने मेस्सी दोस्रो खेलाडी हुन् । यसअघि थिएरी हेनरीले सन् २००२–०३ सिजनमा आर्सनलका लागि २४ गोल र २० एसिस्ट गरेका थिए ।
मेस्सीले यो सिजन हालसम्म बार्सिलोनाका लागि २२ गोल गरेका छन् । दोस्रो स्थानमा रहेका करिम बेन्जेमाभन्दा चार गोलले अघि रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एकीकृत समाजवादीको राष्ट्रिय महाधिवेशन सर्यो
-
इलाममा सुहाङलाई भोट माग्दै ओलीले भने– जिताउनुस्, विकासको जिम्मा म लिन्छु
-
इलाम र बझाङमा कसरी गर्दैछ निर्वाचन आयोगले आचारसंहिता अनुगमन ?
-
जीबी राईलाई सुपुर्दगी गर्न मलेसियन सरकारलाई कूटनीतिक पत्र
-
अमेरिकी जहाज निर्माण अनुसन्धान ‘झुटो आरोपले भरिएको छ’– चीन
-
दोलखामा पूर्वसुरक्षाकर्मी परिषद् बिस्तार अभियान