शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

सिक्टा आयोजनाद्वारा सिँचाइ सुरु, ९५ प्रतिशत रोपाइँ सम्पन्न

आइतबार, २८ असार २०७७, ०६ : ५४
आइतबार, २८ असार २०७७

काठमाडौं – राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनाले सिँचाइ सुरु गरेको छ । डेढ दशकअघि १२ अर्ब रुपियाँ हाराहारीको लागतमा बन्नुुपर्ने आयोजना दोब्बरभन्दा बढी लागतमा आंशिक रूपमा मात्र सम्पन्न भएको हो । निर्धारित समयभन्दा पाँच वर्षपछि आयोजनाले आंशिक रूपमा किसानलाई पानी दिन थालेको छ ।

सिक्टा सिँचाइ आयोजनाका प्रमुख लोकबहादुर थापाका अनुसार लामो पर्खाइपछि आयोजना किसानमा खुसी ल्याउन सफल भएको छ । किसानको खेतमा पानी पु¥याइएसँगै आयोजनाको सिँचाइ लक्ष्यको करिब आधा क्षेत्रफलमा पानी पुगेको उनको दाबी छ ।

आयोजनाको सुरु वर्षमा २०६१÷६२ को लागत अनुमान १२ अर्ब ८० करोड रुपियाँ रहेको थियो । आयोजना आर्थिक वर्ष २०७१÷७२ मा आयोजना सम्पन्न गर्नुुपर्ने थियो । चालू आर्थिक वर्षसम्म आयोजनामा २५ अर्ब दुुई करोड रुपियाँ खर्च भए पनि आयोजना पूूर्ण रूपमा सम्पन्न हुन सकेको छैन ।

आयोजनाले पश्चिमी मूल नहर र पू्र्वी नहरबाट पानी सञ्चालनमा ल्याएको हो । सिँचाइ सुरु भएपछि बाँकेमा असारमै धान रोपाइँ अन्तिम चरणमा पुगेको आयोजनाको दाबी छ । आयोजनाका अनुुसार बाँकेमा ९५ प्रतिशत रोपाइँ सम्पन्न भएको छ ।
उनले आयोजनाको पश्चिमी मूल नहरको जेठी नालासम्म र पू्र्वी नहरको साविक राजकुलोबाट विभिन्न शाखा तथा प्रशाखा नहरमार्फत खेत खेतसम्म पानी पु¥याइएको हो भने ।

अहिलेको अवस्थामा आयोजनाबाट पश्चिमी मूल नहर अन्तर्गत १५ हजार हेक्टर र पूर्वी नहर अन्तर्गत एक हजार हेक्टर गरी १६ हजार हेक्टरमा वर्षभरि नै सहजै सिँचाइ हुनेगरी पानी पु¥याउन सकिने उनले जानकारी दिए । उनले बाँकेमा अरू बेला साउनमा मात्र रोपाइँ सकिन्थ्यो तर आयोजनाको पानी सञ्चालनमा ल्याइएपछि पहिलो पटक असारमा नै ९५ प्रतिशत रोपाइँ सम्पन्न भएको हो भने । यो समाचार आजको गोरखापत्र दैनिकमा भउचप्रसाद यादवले लेखेका छन् ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप