केन्द्रीय संस्करण

बोलिभिया सिनेटका अध्यक्षमा पनि कोरोना भाइरस पोजेटिभ

person explore access_timeअसार २७, २०७७ chat_bubble_outline0

एजेन्सी । बोलिभियाका सिनेटका अध्यक्ष मोनिका इभा कोपाले आफूलाई कोरोना भाइरस पोजेटिभ भएको बताएकी छिन् । बोलिभियाका अन्तरिम राष्ट्रपति जीनिन आनेज चाभेज कोरोना भाइरस पोजेटिभ रहेको पुष्टि भएको एक दिनपछि कोपालाई पनि कोरोना पुष्टि भएको हो ।
 
विश्वमा चलेको यस महामारीको अवस्थामा आवश्यक समयको लागि आफू अलग्गै बस्ने उनले बताएका छन् ।  ‘मेरो अवस्था स्थिर छ र म आफ्ना कर्तव्यहरू पूरा गर्छु, अलग्गै बसेर नैं काम गर्ने छु’  कोपाले शुक्रबार अबेर राति गर्नुभएको आफ्नो ट्विटर पृष्ठमा लेखेका छन् । 

जोन्स हप्किन्स विश्वविद्यालयका तथ्यांककाअनुसार विश्वमा १ करोड २६ लाख भन्दा बढी मानिसहरूलाई कोरोनाभाइरस संक्रमित भइसकेको छ । त्यसैगरी ५ लाख ६३ हजार भन्दा बढी व्यक्तिको मृत्यु भएको छ । दक्षिण अमेरिकी यस मुलुक बोलिभियामा हालसम्म ४५ हजार भन्दा धेरै कोभिड १९ संक्रमित देखिसकेका छन् । यो देशमा कोरोना भाइरसबाट अहिलेसम्म १ हजार ७०२ भन्दा बढीको मृत्यु भइसकेको छ ।

विश्वभरी कोरोना भाइरस कहर बढ्ने क्रमसँगै कयौं प्रतिष्ठित हस्तीहरु यस भाइरसको चपेटामा आइरहेका छन् । यसबीच बोलिभियाकी अन्तरिम राष्ट्रपति जिनिन आनेजको कोरोना टेस्ट रिपोर्ट पोजिटिभ आएको थियो । उनले शुक्रबार आफैले यसको जानकारी दिएकी थिइन् ।

यसअघि ब्राजिलका राष्ट्रपति जे बोल्सोनारो, बेलायतका प्रधानमन्त्री बोरिस जोनसन र मोनाकाको राजकुमार अल्बर्ट द्वितीय कोरोना भाइरसबाट संक्रमित पाइएको थियो । यद्यपि, सबैको स्वास्थ्य स्थिति राम्रो रहेको छ । जोनसनलाई मार्चमा केही समयका लागि अस्पतालमा भर्ना गरिएको थियो । –एएनआइ
 

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.