बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

मिर्गौला कारोबार धन्दामा जिप्रकाका कर्मचारीको सहयोगी भूमिका

शनिबार, २७ असार २०७७, २१ : २१
शनिबार, २७ असार २०७७

काठमाडौं ।  भरतपुर मेडकल कलेजका तीन डाक्टरसँगै पक्राउ पर्नेमा जिल्ला प्रशासन कार्यालय चितवनका अधिकृत तहको कर्मचारी भएको खुलेको छ । पक्राउ पर्नेमा जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत रामचन्द्र ढकाल रहेका छन् ।  ढकालले उनीहरुलाई कागजी रुपमा सघाएको आरोप छ ।

जिल्ला प्रशासन कार्यालय स्रोतले  प्रशासकीय अधिकृत  ढकाललाई सोधपुछका लागि ब्यूरोको टोलीले लगेको बताएको छ ।  मानव बेचबिखन अनुसन्धान ब्युरो काठमाडौंबाट आएको टोलीले उनीहरुलाई पक्राउ गरेको हो।  
पक्राउ पर्ने डाक्टरहरु राकेश बर्मा, सुप्रभात श्रेष्ठ र बालकृष्ण कालाखेती रहेका छन् । 

 सो अस्पताल चितवनको पुरानो मेडिकल कलेजको नामले पनि परिचित छ। प्रहरीले अभियुक्तहरुलाई काठमाडौं ल्याउँदै छ भने आइतबार पत्रकार सम्मेलन गरेर विस्तृत विवरण सार्वजनिक गर्ने ब्यूरोको तयारी छ ।
उनीहरुमाथि नेपाली नागरिकलाई भारतीय बनाएर मिर्गौला प्रत्यारोपण गराएको आरोप छ ।

 


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप