म्याग्दी पहिरो : मृतकको सङ्ख्या १७ पुग्यो, तीन घाइतेको उद्धार
अविरल वर्षापछि शुक्रबार म्याग्दीमा आएको पहिरोमा परी मृत्यु हुनेको संख्या १७ पुगेको छ । तीन जनाको भने जिवितै उद्धार गरिएको प्रहरीले जनाएको छ । प्रदेश प्रहरी कार्यालय गण्डकीका अनुसार म्याग्दीको धवलागिरि र मालिका गाउँपालिकामा गएको पहिरोमा नेपाल प्रहरी र नेपाली सेनाको संयुक्त टोलीले बेपत्ताहरुको खोजी गर्ने क्रममा १७ जनालाई मृत अवस्थामा फेला पारेको हो । मृतावस्थामा फेला परेकामध्ये धवलागिरिमा १० र मालिका गाउँपालिकामा सात जना रहेका छन् ।
पहिरामा परी धवलागिरि गाउँपालिका–६ मराङ रिखाबाट मृतावस्थामा फेला परेका सुकना लामगादे, आशीष लामगादे, आयुष लामगादे, आयुषा लामगादे, रेश्मा सुनार, मन सुनार, कमला श्रपाली, सुरक्षा श्रपाली, सुरज श्रपाली र जनिमा केसीको छोरा प्रकाश केसी रहेको प्रहरी नायब उपरीक्षक राजेन्द्रबाबु रेग्मीले जानकारी दिए । उनका अनुसार सोही जिल्लाको मालिका गाउँपालिका–७ विम दुलेबाट मृतावस्थामा भेटिनेहरुमा सोही स्थानका विष्णु पौडेल, गौदेवी नेपाली, विशेष नेपाली, वीरबहादुर नेपाली र निजको तीनमहिने छोरा तथा विष्णु नेपाली रहेका छन् ।
त्यसैगरी उक्त गाउँपालिकाकै बेपत्ता मध्येका तीन जनालाई जीवितै उद्धार गरिएको छ । घाइतेहरुलाई हेलिकप्टरबाट उद्धार गरी उपचारका लागि बेनी अस्पताल र पोखरा मणिपाल अस्पताल पठाइएको छ । अन्य बेपत्ताहरुको खोजी जारी रहेको प्रहरी नायब उपरीक्षक रेग्मीले बताए । उनका अनुसार उद्धार गरिएका मध्ये मालिका गाउँपालिका–७ का ३६ वर्षीय पूर्णबहादुर नेपालीको बेनी अस्पतालमा र धवलागिरि गाउँपालिका–६ का २२ वर्षीया मन्जिता श्रीपाली (गर्भवती महिला ढाडमा समस्या) तथा सोही स्थानका सात वर्षीय बालक सफल श्रीपालीको पोखरास्थित मणिपाल अस्पतालमा उपचार भइरहेको छ । उनीहरुको अवस्था सामान्य रहेको छ ।
दुई सय २० जनालाई सुरक्षित स्थानमा स्थानान्तरण
बाढी पहिराको कारण म्याग्दी जिल्लाको रघुगङ्गा गाउँपालिका–३ गलेश्वर राहुँघाटखोला नजीकको बस्तीमा रहेका २१ घरधुरीका ८५ जनालाई त्यहाँस्थित गायत्री मन्दिरमा स्थानान्तरण गरिएको छ । त्यसैगरी पहिरो पीडित धवलागिरि गाउँपालिका–६ कल्लेनी जहरेका ८९ जना व्यक्तिलाई उद्धार गरी स्थानीय शिवाङ्गस्थित हेम माविमा ५० र ३९ जनालाई आफन्तकामा स्थानान्तरण गरिएको प्रहरीले जनाएको छ ।
मालिका गाउँपालिका–५ देवीस्थानका तीन घरधुरीका १३ जनालाई दरबारचाउटाका ६ घरधुरीका ३३ गरी कूल ४६ जनालाई जनप्रिय मावि दरवाङमा राखिएको छ । पहिरो प्रभावित क्षेत्रमा म्याग्दी जिल्लाका प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकाल, प्रहरी नायब उपरीक्षक किरणजङ्ग कुँवर, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीय सहितको संयुक्त टोलीले बेपत्ता भएका व्यक्तिको खोजी, घाइतेको उद्धार, जोखिममा रहेका परिवारलाई सुरक्षित स्थानमा स्थानान्तरण गरेको थियो ।
सेती नदीमा हामफालेर बेपत्ता
प्रदेश प्रहरी कार्यालय गण्डकीका अनुसार सेती नदीमा हाम फालेर आज एकजना बेपत्ता भएका छन् । पोखरा महानगरपालिका–३ नदिपुरस्थित पुरानो पुलबाट हामफालेर कास्कीको माछापुच्छ्रे गाउँपालिका–५ मुर्जुङखोला घर भई कोपिल ढुङ्गा बस्ने ४५ वर्षीय रामप्रसाद तामाङ सेती नदीमा हामफालेर बेपत्ता भएका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कमल ऐरीले लिए आयरल्यान्ड ‘ए’ को पहिलो विकेट
-
एसईई अनुगमनका लागि दिईएका अनुमतिपत्र रद्द
-
आयरल्यान्ड ‘ए’ विरुद्ध नेपाल ‘ए’ ले पहिले फिल्डिङ गर्ने
-
कोहलपुर–सुर्खेत प्रसारण लाइन : रूख कटान प्रक्रिया सुरु
-
दिल्लीका प्रशिक्षक रिकी पोन्टिङ रिसाएपछि रोकिएको थियो खेल
-
गाजामा औषधि र खाद्य सामग्री पुर्याउन दिन इजरायललाई आदेश