शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

नर्दन टेरोटोरी अस्ट्रेलियाको अध्यक्षमा युवराज पन्त निर्वाचित

शनिबार, २७ असार २०७७, १८ : ४१
शनिबार, २७ असार २०७७

अस्ट्रेलिया । अस्ट्रेलियाको उत्तरी भेगमा बसोवास गर्ने नेपालीहरुको संस्था नेप्लिज एसोसिएसन अफ नर्दन टेरोटोरीको अध्यक्षमा युवराज पन्त निर्विरोध निर्वाचित भएका छन् । यस्तै अन्य सबै कार्यसमिति पनि निर्विरोध चयन भएकाे छ ।
शुक्रबार  नर्दन टेरोटोरीमा भएको निर्वाचनबाट पन्तको अध्यक्षतामा ५ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।

 संस्थाको उपाध्यक्षमा राजीव थापा र कोषाध्यक्ष राजन बस्नेत रहेका छन् ।

 यसैगरी कार्यसमितिका सदस्यहरुमा परेश राज घिमिरे, गुन्जन उपाध्याय रहेका छन् ।

सो क्षेत्रमा हाल करिब ५ हजारको हाराहारीमा नेपालीहरुको बसोबास रहेको छ । 

अस्ट्रेलियामा सन् २००८ देखि नै क्रियाशिल नेपालीहरुको छाता संस्था नेप्लिज एसोसिएसन अफ नर्दन टेरोटोरीले विभिन्न सामाजिक कार्यहरु गर्दै आएको छ ।

नेप्लिज एसोसिएसन अफ नर्दन टेरोटोरीले स्थानीय मुल प्रवाहका महोत्सव र पर्वहरुमा सकृया सहभागिता जनाउँदै आएको छ ।

यहाँको स्थानीय सरकार तथा विभिन्न सामाजिक संस्थासँग सहकार्य गरेर नेपाली समूदायको विकासका कार्यक्रमहरु पनि गरिरहेका छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप