प्रधानमन्त्री ओलीको राष्ट्रियताको मुद्दा कागजी बाघ मात्र हो : रामचन्द्र पौडेल
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले वर्तमान प्रधानमन्त्री केपी ओलीको राष्ट्रियताको नारा कागजी बाघ मात्र भएको बताएका छन् ।
गण्डकी प्रदेशका काँग्रेस नेता कार्यकर्तासँगको भर्चुअल बैठकमा नेता पौडेलले राष्ट्रियताको मुद्दालाई ओलीले कागजी बाघ मात्र बनाएको बताए ।
प्रधानमन्त्री ओलीले राष्ट्रियतालाई कागजी बाघ बनाएकाले नेपाली भूमि फिर्ता गर्न नसक्ने उनले बताए । उनले वार्ता गर्ने बेलामा गाली गलौजमा उत्रिएर भारतसँगको वार्ताको वातावरण विगारेको आरोप लगाए ।
पौडेलले कम्युनिष्टहरुको राष्ट्रियता मात्र नभएर समाजवाद पनि कागजी बाघ भएको बताए । कम्युनिष्टहरुले भन्ने समाजवाद, समानता तर काम भने भ्रष्टाचार गरेर नयाँ वर्ग जन्माउने उनले गरेको बताए ।
पौडेलले गरिबी, अशिक्षा, तथा महामारी रोक्न कम्युनिष्ट सरकार असफल भएको बताए । कम्युनिष्टहरुसँग जनतालाई झुक्याउने र सत्ता हत्याउने जालझेल भन्दा अरु कुनै काम गर्ने ढंग नभएको पौडेलको भनाइ छ ।
पौडेलले काँग्रेसको १४ औं महाधिवेशन फागुनमा हुँदैन कि भन्ने शंका नगर्न आम नेता कार्यकर्तालाई आग्रह गरे ।
उनले फागुनमा महाधिवेशन गर्नका लागि प्रयाप्त समय भएको बताउँदै कतै महाधिवेशन नगराउनेहरु सक्रिय हुन्छ किन भन्नेमा खबरदारी गर्न आग्रह गरे ।
उनले क्रियाशील सदस्य वितरण गरेको दुई महिनामा सबै स्थानीय अधिवेशन सम्पन्न हुने स्पष्ट पारे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
६ हजार अफगानी शरणार्थी स्वदेश फर्किए
-
पक्राउ परेकालाई छुटाउन लागिपरे राप्रपाका नेता, सुन तस्करीको अनुसन्धानमा दीपेश पुन
-
एमालेको अडानले सुदूरपश्चिम सरकार विस्तार अन्योलमा
-
पूर्वउपराष्ट्रपतिका पुत्र दीपेश फेरि पक्राउ
-
दोस्रो चरणमा उत्तर प्रदेशमा सबैभन्दा कम मतदान, कस्तो छ अन्य राज्यको अवस्था ?
-
‘फोर्स मर्जर’ को असर : १९४ वटा बैंक तथा वित्तीय संस्थाको लाइसेन्स खारेज