यातायात सञ्चालनबारे व्यवसायी र मजदूर एक ठाउँमा, सरकारसँग वार्ता गर्न कार्यदल
काठमाडौं । बन्द अबस्थामा रहेको सार्वजनिक यातायात खोल्ने विषयमा सरकारसँग वार्ता गर्न यातायात व्यवसायी र मजदूर सम्मिलित एक कार्यदल बनेको छ । नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघको पहलमा शनिबार बसेको यातायात व्यवसायी र मजदूर संगठनहरुको संयुक्त बैठकले त्यस्तो कार्यदल बनाएको हो ।
कार्यदलमा नेपाल यातायात राष्ट्रिय व्यवसायी महासंघका अध्यक्ष योगेन्द्रनाथ कर्माचार्य तथा मजदूर संगठनहरुको तर्फबाट नेपाल यातायात मजदूर संघका अध्यक्ष धर्मराज भण्डारी, अखिल नेपाल यातायात मजदूर संघका अध्यक्ष दीपक केसी तथा तथा नेपाल यातायात स्वतन्त्र मजदूर संघका अध्यक्ष भीमज्वाला राईको सहभागिता रहेको छ ।
शुक्रबार महासंघसहित तीनवटै संघका अध्यक्षहरु सहभागी बैठकले महासंघको शुक्रबारको घोषणाजस्तै तत्कालै सार्वजनिक यातायात सञ्चालन गर्नसक्ने वातावरण नभएको जनाएको छ । सरकारले सवारी सञ्चालनको उपयुक्त वातावरण बनाउनुपर्ने समेत उनीहरुको भनाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: काठमाडौँमा रेलमार्गको डीपीआरका लागि प्रस्ताव आह्वानदेखि आर्थिक विधेयकमा २० पेजको झमेलासम्म
-
सचिव कृष्णहरि पुष्कर प्रकरणमा प्रधानमन्त्रीको कटाक्ष: ‘मलाई पनि एम्बासडर बन्न मन छ’
-
सिराहा मोबाइल नष्ट प्रकरण: संयुक्त विद्यार्थी सङ्गठनद्वारा आन्दोलन घोषणा
-
शिक्षा मन्त्रीको राजीनामा माग्दै दिल्लीमा ‘कक्रोच जनता पार्टी’को ५ घण्टे प्रदर्शन
-
सेमिफाइनल खेल्ने क्रममा घाइते भएकी विमलाको सफल शल्यक्रिया
-
द्विपक्षीय भेटवार्ता : भारतद्वारा पुनर्निर्माण सम्पन्न परियोजना हस्तान्तरण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण