शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

बारेकोटमा पु-याइयो राहत सामग्री

शनिबार, २७ असार २०७७, १८ : २३
शनिबार, २७ असार २०७७

कर्णाली प्रदेशको राजधानी सुर्खेतबाट राहत सामग्री बोकेर नेपाली सेनाको हेलिकप्टर जाजरकोट बारेकोट गएको छ ।

बिहीबार राति जाजरकोट जिल्लाको बारेकोट गाउँपालिका–४ जिरीको पहिराले दुई घर बगाउँदा सात जनाले ज्यान गुमाएका र पाँचजना बेपत्ता रहेका पीडित परिवारलाई राहत सामग्री लिएर हेलिकप्टर त्यसतर्फ गएको कर्णाली प्रदेश आन्तरिक मामिला तथा कानून मन्त्रालयका सूचना अधिकारी कृष्णबहादुर रोकायले जानकारी दिए ।

नेपाली सेनाको हेलिकप्टरले २५ त्रिपाल, २५ थान कम्बल, तीन बोरा च्युरा, १८० प्याकेट चाउचाउ र १० बोरा चामलमा तत्काल ५० केजी चामल लिएर त्यसतर्फ गएको सूचना अधिकारी रोकायाले बताउनुभयो । उहाँका अनुसार पीडित परिवारलाई थप राहत र विस्थापितहरुको व्यवस्थापनका लागि सरकारले आवश्यक तयारी थालेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप