राष्ट्रिय क्रिकेट प्रशिक्षक नवीन सिंह सम्मानित
जनकपुर । राष्ट्रिय क्रिकेट प्रशिक्षक नवीन सिंहलाई जनकपुरमा सम्मान गरिएको छ । प्रशिक्षक पदबाट अवकास पाएपछि सिंहलाई जिल्ला क्रिकेट संघ धनुषाले सम्मान गरेको हो । शनिबार जनकपुरमा आयोजित एक कार्यक्रममा प्रदेश नम्बर २ का आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र यादवले अवकास प्राप्त प्रशिक्षक सिंहलाई कदरपत्र र दोसल्ला ओढाएर सम्मान गरेका हुन् ।
जनकपुरमा क्रिकेटलाई जीवन्त बनाउन अहोरात्र सेवा गरेको र अवकासपछि पनि क्रिकेटमा लाग्नका लागि हौसला बढाउन सम्मान गरिएको क्रिकेट संघका उपाध्यक्ष शोभाकान्त पाण्डेले जानकारी दिए । कार्यक्रममा मन्त्री यादवले समय अनुकूल खेलकुदको व्यवस्थापन नहुँदा राष्ट्रिय खेलकुदमा जनकपुर पछाडी परेको बताए । उनले प्रदेश भरी नै खेलाडीहरुको हौसलालाई प्रोत्साहन नगर्दा जनकपुरको प्रभाव घटेको स्पष्ट पारे । कार्यक्रममा दर्जनभन्दा बढी संघ–संस्थाका प्रतिनिधिले प्रशिक्षक सिंहको कार्यको प्रशंसा गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतले रोक्यो नेपाली चियाको निर्यात
-
संक्रमणकालीन न्यायमा राजनीतिक सहमति जुटिसक्यो : मन्त्री गिरी
-
अवैध औषधि बेच्ने दुई मेडिकल बन्द
-
सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले लिए अनुमति
-
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा ‘एमडी’ तहको पठनपाठन
-
दूधमा बर्ड फ्लुको ‘एचफाइभ एनवान’ सङ्क्रमण भेटियो : डब्लुएचओ