शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

सिङ्गापुरमा सत्तारुढ दल नै विजयी, विपक्षी दललाई १० सिट मात्रै

शनिबार, २७ असार २०७७, १६ : ४८
शनिबार, २७ असार २०७७

एजेन्सी । सिङ्गापुरमा शुक्रबार भएको आम निर्वाचनबाट पनि सत्तारुढ दल नै विजयी भएको छ । सत्तारुढ दल पिपल्स एक्सन पार्टी (पिएपी) ले नै निर्वाचन मार्फत् फेरि सत्ता सञ्चालनको जनादेश पाएको हो ।   कुल खसेको मत मध्ये ९० प्रतिशतसम्मको नतिजा आउँदा ९३ सिटमध्ये विपक्षी दल वकर्स पार्टी (डब्लुपी) ले १० मात्रै सिटमा जित्न सफल भएको छ । 

निर्वाचनको नतिजा औपचारिक रुपमा घोषणा भएपछि सत्तारुढ दलले फेरि  सरकार गठनका लागि गृहकार्य गर्ने साउथ चाइना मर्निङ्ग पोष्टले लेखेको छ । अहिले सत्तामा रहेको दल सन् १९५९ देखि सत्तामा रहँदै आएको छ । अहिले भएको निर्वाचनमा कूल मतदातामध्ये ६१.२४ प्रतिशत मात्रै मतदाता सहभागी भएका थिए ।  

आफ्नो पक्षमा निर्वाचनको नतिजा आएपछि प्रधानमन्त्री लि हसिन लुङ्गले नतिजालाई सकारात्मक र सन्तोषजनक रुपमा लिएको बताएका छन् । यसलाई अति ठूलो उपलब्धिको रुपमा लिनुपर्ने अवस्था नरहेको यो अनपेक्षित नतिजा नभएको उनको भनाइ छ । 

उनले भने– ‘अहिले जुन मत हाम्रो पक्षमा आएको छ, त्यो एकदमै बलियो मतादेश हैन, मैले त्योभन्दा धेरै आउला भन्ने आशा गरेको थिए, तर पनि राम्रो चाहिं भएको छ ।’ उनले आफ्नो पक्षमा आएको ६१ प्रतिशत मत लोकप्रिय मत नै भएको र यसको पूर्ण आदर गर्ने पनि बताए ।

सत्तारुढ दल पिएपीले यसअघि सन् २०१५ मा ६९.९ प्रतिशत मत ल्याएकोमा अहिले ८.७ प्रतिशत घटेर ६१.२४ प्रतिशत मात्रै ल्याएको हो । मतदानका लागि सामाजिक दुरी कायम राखेर मतदान गर्ने व्यवस्था गरिएको थियो भने कोरानाभाइरसका लागि अपनाउनु पर्ने अन्य सतर्कताहरु अपनाउन पनि लगाइएको थियो ।  देशभरी मतदानका लागि यसअघि ८८० मतदान केन्द्रहरु रहेकोमा यस पटक बढाएर ११ सय पु¥याइएको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप