नयाँ डाइर्भसन बनेपछि राजमार्ग सञ्चालन
शनिबार, २७ असार २०७७, १५ : ५७
बाढीले डाइभर्सन बगाएपछि अवरुद्ध पूर्वपश्चिम राजमार्ग सञ्चालन भएको छ ।
नौ घण्टापछि नयाँ डाइर्भसन निर्माण भएपछि यातायात आवागमन सञ्चालन भएको हो । पूर्वी नवलपरासीको गैँडाकोट–९ थुम्सीस्थित खहरेखोलामा आएको बाढीले डाइभर्सन बगाएपछि आज बिहान ४ बजेदेखि राजमार्ग अवरुद्ध भएको थियो ।
दिउँसो १ बजेबाट सडक सञ्चालन भएको इलाका प्रहरी कार्यालय गैँडाकोटका प्रहरी निरीक्षक चन्द्रबहादुर थापाले जानकारी दिए। बाटो बन्द भएपछि रोकिएका सवारी साधन गन्तव्यमा लागेका छन् । नारायणगढ–बुटवल सडकखण्ड निर्माणको जिम्मा लिएको चिनियाँ कम्पनी चाइना स्टेट कन्स्ट्रक्शनले सडक विस्तारका क्रममा डाइभर्सन निर्माण गरेको थियो । सोही कम्पनीले नयाँ डाइभर्सन बनाएको हो । हाल गैँडाकोटबाट दाउन्नेसम्मको ६४.४ किलोमिटर सडकखण्ड विस्तारको काम भइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
२२ वर्षीया भीमा मृत्यु प्रकरण : शव नबुझ्ने अडानपछि मुख्यमन्त्रीको चासो
-
प्राथमिकतामा यातायात पूर्वाधार : मेट्रोदेखि द्रुतमार्ग र सुरुङ मार्ग ‘सोकस’मा
-
प्रधान सेनापतिद्वारा सैनिक फिल्ड अस्पताल तथा सैनिक महाविद्यालयको उद्घाटन
-
१७ औँ वार्षिकोत्सवमा सिटिजन्स बैंकद्वारा सडक आश्रितलाई १७ दिन भोजन
-
भारतको सहयोगमा दार्चुलामा बन्न लागेको विद्यालय भवनको शिलान्यास
-
जीबी राई समूहद्वारा स्वर्णलक्ष्मीका बचतकर्ताको २ अर्ब ७४ करोड भन्दा बढी रकम अपचलन