बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

विपद व्यवस्थापन बैठक : बाढी-पहिरो पीडितहरुको व्यवस्थापनका लागि यस्तो तयारी

शनिबार, २७ असार २०७७, १३ : ५२
शनिबार, २७ असार २०७७

काठमाडौं । बाढी पहिरो पीडितहरुलाई तत्काल उद्धार गरी सार्वजनिक भवन र विद्यालयहरुमा राख्न सकिने विषयमा छलफल भएको छ ।  राष्ट्रिय विपद जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणले सरोकारवालासँग गरेको छलफलमा तत्काल उद्धार गरी सामुदायिक विद्यालयमा राख्न सकिने विषयमा छलफल गरेको हो । कोरोना संक्रमणको जोखिमसँगै मनसुन सुरु भएपछि देशका विभिन्न ठाउँमा बाढी पहिरोले क्षति पु¥याउँदै आएका बेला प्राधिकरणले उद्धार र राहतका विषयमा सरोकारवालाहरुसँग गरेको छलफलमा यस्तो निश्कर्ष निकालिएको हो । 

प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा बाढी पहिरोका घटनाहरु बढिरहेको अवस्थामा तत्काल उद्धार, राहत र पुनस्र्थापनाका विषयमा प्राधिकरणले सरोकारवालहरुसँग छलफल गरेको प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले बताए । प्राकृतिक विपदबाट पीडितहरुलाई तत्काल उद्धार गरी विद्यालय भवन वा सार्वजनिक भवनहरुमा पुनस्र्थापना गर्ने विषयमा छलफल भएको उनले जानकारी दिए ।

छलफलमा प्रधानमन्त्री केपी शर्मा ओली, विपक्षी दलका नेता शेरबहादुर देउवा लगायत विभिन्न मन्त्रालयका मन्त्रीहरु र सुरक्षा निकायका प्रमुखहरुको सहभागिता रहेको थियो । गृहमन्त्रालय अन्तरर्गतको राष्ट्रिय आपतकालीन कार्य सञ्चालन केन्द्रको तथ्याङ्कअनुसार शुक्रबार बाढी र पहिरोबाट ८ जिल्ला प्रभावित भएका छन् । बाढी र पहिरोमा परि २३ जनाको मृत्यु भएको छ भने ३६ जना बेपत्ता भएका छन् । घटनामा २६ जना घाइते भएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप