केन्द्रीय संस्करण

राजधानीमा छिट्टै साझा बस चल्ने, सुरु भयो तयारी

person explore access_timeअसार २७, २०७७ chat_bubble_outline0

काठमाडौं । काठमाडौं उपत्यकामा छिट्टै साझा बस सञ्चालन हुने भएको छ । साझा यातायातका अध्यक्ष कनकमणि दीक्षितले आज ट्वीट गर्दै छोटो दुरीमा साझा बस सञ्चालन गर्ने जानकारी दिएका छन् । उनले साझा बस सडकमा आउन अब प्रतिक्षा नगर्ने बताएका छन् ।  

सरकारले तोकेको मापदण्ड पालना गर्दै बस सञ्चालन हुन लागेको हो । सार्वजनिक यातायात व्यवसायीले सरकारले आफ्नो माग पूरा नगरे बस सञ्चालन नगर्ने बताइरहेका बेला साझाले सिमित स्थानमा बस सेवा सञ्चालन गर्न लागेको हो । साझाले ४ महिनादेखि पार्किङ गरेर राखेका बस मर्मतको काम थालेको छ । 

सरकारले ५० प्रतिशत यात्रु बोक्न पाउने, ५० प्रतिशत बढी भाडा लिन पाउने र स्वास्थ्य सावधानीका उपाय अवलम्बन गर्ने सर्तमा बस सेवा सञ्चालन गर्न दिने निर्णय भएको छ ।

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.