शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

युरोपेली प्रतियोगितामा प्रतिबन्धः सिटीको भविष्यको फैसला सोमबार

शनिबार, २७ असार २०७७, ११ : ३३
शनिबार, २७ असार २०७७

एजेन्सी । युरोपियन क्लब फुटबल प्रतियोगिताबाट दुई वर्षका लागि गरिएको प्रतिबन्धविरुद्ध गरिएको अपिल सफल भए–नभएको बारे म्यान्चेस्टर सिटीले सोमबार थाहा पाउनेछ ।

गत फेब्रुअरीमा सिटीविरुद्ध युईएफए क्लब फाइनान्सियल कन्ट्रोल बडी (सीएफसीबी) ले प्रतिबन्धको घोषणा गरेपछि सिटीले कोर्ट अफ आब्रिटेसन फर स्पोर्ट (सीएएस) मा अपिल गरेको थियो ।

सन् २०१२ देखि २०१६ को बीचमा क्लबले युईएफएको आर्थिक निष्पक्षता (फाइनान्सियल फेयर प्ले –एफएफपी) को गम्भीर उल्लंघन गरेको सीएफसीबीको ठहर छ । सिटीमाथि ३ करोड युरोको जरिवना पनि सुनाइएको थियो ।

लगत्तै सिटीले सीएएसमा अपिल गर्ने संकेत गरेको थियो । सीएफसीबी निष्पक्ष नभएको उनीहरुको बुझाइ थियो । विशेष गरेर मिडियामा चुहाइएको गोप्य जानकारीबाट सिटी सशंकित बनको थियो ।

‘हामी तयार छौँ,’ म्यानेजर पेप ग्वार्डिओलाले शुक्रबार भनेका थिए, ‘हामीलाई आत्मविश्वास र भरोसा छ कि हामीलाई च्याम्पियन्स लिग खेल्ने अवसर दिइनेछ ।’

उनीहरुको अपिल जुनबाट सुरु भएको थियो र यसलाई सीएएसका तीन वकिलले निजी भिडियो कन्फरेन्सबाट अपिलबारे सुनुवाइ गरेका थिए ।

सिटीले च्याम्पियन्स लिगको अन्तिम १६ अन्तरगतको दोस्रो लेगमा रियल म्याड्रिडको सामना गर्दैछ । यो खेलमा ७ वा ८ अगस्तमा इतिहाद स्टेडियममा हुनेछ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप