कविता
एक विद्रोहीको आत्मकथन
शनिबार, २७ असार २०७७, १० : २८
-राममणि सिटौला
मैले हेर्न खोजेको थिएँ
तिम्रो ऐनामा
मेरो पनि छवि
मागेको थिएँ
यो धर्तिमा टेक्नलाई
एक पाउ जमिन
विशाल समुन्द्रमा
प्यास मेट्नलाई
एक घुट्को पानी
अथाह आकाश मुनि
शिर लुकाउन
सानो छत
कोर्न चाहेको थिए
हक र नागरिकताको रंगले
मेरो पनि सुन्दर चित्र
उतार्न खोजेको थिए
सप्तरंगी इन्द्रेणीले भरिएको
कोलाज
तिमीलाई सह्य भएन
यी सब
दौडिए तिम्रा अहमका घोडा
क्यानभासमा
छोडिदिए टापका निशान
खण्डित भए
मेरा बिम्ब
तिम्रा कुदृष्टिका मारले
म फगत विद्रोही होइन
म हुँ एक अपमान
एक घृणा
एक जीवन
जसलाई तिमिले गाड्यौ
घनघोर अन्धकारमा
जसलाई तिमीले घचेट्यौ
धेरै योजन पछाडि
कुल्चिनु कुल्चियौ
तिमीले मलाई
घाँस सम्झिएर
अब म कुल्चिन्छु
तिमीलाई
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इजरायल–गाजा युद्धबारे अमेरिकी कलेज र विश्वविद्यालयमा तीव्र बन्यो प्रदर्शन
-
राष्ट्रपति पौडेल र कतारका अमिरबिच शीतलनीवासमा भेटवार्ता
-
अस्पतालबाट २०० भन्दा बढी शव फेला
-
सहिद सेतु विश्वकर्माका पति अटो चलाएर गुजारा गर्दै
-
राष्ट्रिय क्रिकेमा कोशी प्रदेशको लगातार चौथो हार, मधेश २ विकेटले विजयी
-
माइकल हट भन्छन्—कर्णाली साँच्चिकै दुर्गम रहेछ